+

१५औं खुम्बु ल्होसार कपमा खुम्जुङ, नाम्चे र खुम्बु विजयी

२०८२ माघ  २५ गते २३:४१ २०८२ माघ २५ गते २३:४१
१५औं खुम्बु ल्होसार कपमा खुम्जुङ, नाम्चे र खुम्बु विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खुम्जुङ युथ क्लब, नाम्चे युथ क्लब र खुम्बु युनाइटेड क्लबले १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता जितेका छन्।
  • खुम्जुङले खुम्बु याङबु शेर्पा समाजलाई १–० गोलले पराजित गरेको छ र पासाङ शेर्पा 'प्लेयर अफ द म्याच' घोषित भएका छन्।
  • नाम्चेले ठमिछेवा फुटबल टिमलाई २–० गोलले हराएको छ र तेन्जिङ फुन्सोक शेर्पा 'प्लेयर अफ द म्याच' भएका छन्।

२५ माघ, काठमाडौं । खुम्जुङ युथ क्लब, नाम्चे युथ क्लब र खुम्बु युनाइटेड क्लबले १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता आइतबार जित हात पारेका छन् ।

महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खुम्जुङले खुम्बु याङबु शेर्पा समाजलाई १–० गोलले पराजित गर्‍यो । ‘प्लेयर अफ द म्याच’ पासाङ शेर्पाले निर्णायक गोल गरे ।

नाम्चेले ठमिछेवा फुटबल टिमलाई २–० गोलले हरायो । नाम्चेका विशाल मगर र सुदिप राईले गोल गरे । नाम्चेका तेन्जिङ फुन्सोक शेर्पा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

अन्तिम खेलमा खुम्बुले आमादब्लम युथ क्लब २–१ गोलले पाखा लगायो । खुम्बुका ‘प्लेयर अफ द म्याच’ मिङमा राजभण्डारी र तेन्जिङ डेविड शेर्पाले समान १–१ गोल गरे । आमादब्लमका आम्बेले १ गोल फर्काए ।

१४ पिक्स एक्सपेडिसन प्रालिको मुख्य प्रायोजन तथा हेली एभरेष्ट प्रालि र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार २ खेल हुनेछ ।

खुन्डे कम्युनिटी क्लब र खुम्बु याङबु शेर्पा समाज तथा आयोजक मञ्च र खुम्जुङ युथ क्लब भिड्ने छन् ।

१५औं खुम्बु ल्होसार कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय