+

एरिका गुरुङलाई ‘सुराई दो’ को प्रायोजन

२०८२ चैत  २४ गते १३:१२ २०८२ चैत २४ गते १३:१२
एरिका गुरुङलाई ‘सुराई दो’ को प्रायोजन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व चर्चित जापानी कराते ड्रेस कम्पनी \'सुराई दो\' ले कराते खेलाडी एरिका गुरुङलाई प्रायोजन गरेको छ ।
  • गुरुङलाई ४ सेट कराते ड्रेस, १ ब्याग, ४ सिन गार्ड, ४ बेल्ट, ४ जोडी ग्लोब्स र ५ टिसर्ट उपलब्ध गराइएको छ ।
  • राष्ट्रिय कराते टिमका प्रशिक्षक कुशल श्रेष्ठले प्रायोजनले खेलाडीको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरे ।

२४ चैत, काठमाडौं । विश्व चर्चित जापानी कराते ड्रेस उत्पादन कम्पनी ‘सुराई दो’ ले नेपाली खेलकुद कै ऐतिहासिक पदक बिजेता कराते खेलाडी एरिका गुरुङलाई औपचारिक रूपमा कराते खेल सामग्री प्रायोजन गरेको छ। कम्पनी मार्फत यस्तो अवसर प्राप्त गर्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।

प्रायोजन अन्तर्गत गुरुङलाई ४ सेट कराते ड्रेस, १ वटा ब्याग, ४ वटा सिन गार्ड, ४ वटा बेल्ट, ४ जोडी ग्लोब्स तथा ५ वटा टिसर्ट उपलब्ध गराइएको छ। उक्त सम्झौता २ वर्षका लागि गरिएको छ भने कम्पनीले हरेक वर्ष यसैगरी खेल सामग्री हस्तान्तरण गर्ने जनाएको छ।

राष्ट्रिय कराते टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठका अनुसार, यस प्रकारको अन्तर्राष्ट्रिय सहयोगले खेलाडीको मनोबल उच्च बनाउने र प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

सुराई दो जस्तो विश्व चर्चित ब्रान्डले नेपाली खेलाडीलाई प्रायोजन गर्नु नेपाली कराते क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले नेपाली खेलाडी प्रति अन्तर्राष्ट्रिय ब्रान्डहरूको बढ्दो चासो समेत संकेत गर्छ।

टिम प्रशिक्षक कुशल श्रेष्ठले ले प्रायोजन को लागी प्रायोजक संग पहल गरेका थिए। यस्तो सहकार्यले भविष्यमा थप नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा अवसर पाउने सम्भावना बढ्नुका साथै नेपालमा कराते खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरे।

एरिका गुरुङ सुराई दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय