+

नेपाल स्पोर्ट्स समिटलाई रेड बुलको साथ

२०८२ माघ  १३ गते १८:२६ २०८२ माघ १३ गते १८:२६
नेपाल स्पोर्ट्स समिटलाई रेड बुलको साथ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्पोर्ट्स समिट २०२६ का लागि विश्वप्रसिद्ध ब्रान्ड रेड बुललाई आधिकारिक शीर्ष प्रायोजक घोषणा गरिएको छ।
  • रेड बुलसँगको साझेदारीले खेल क्षेत्रको विकास, युवाको सहभागिता वृद्धि र अन्तर्राष्ट्रिय लगानी अवसर मजबुत बनाउने उद्देश्य राखेको छ।
  • समिटमा खेल कूटनीति, खेल पर्यटन, पूर्वाधार विकास, व्यवसायीकरण र अन्तर्राष्ट्रिय सहकार्यजस्ता विषयमा छलफल हुनेछ।

१३ माघ, काठमाडौं । नेपाल स्पोर्ट्स समिट २०२६ का लागि विश्वप्रसिद्ध ब्रान्ड रेड बुललाई आधिकारिक रूपमा शीर्ष प्रायोजक घोषणा गरिएको छ।

यस सहकार्यले नेपाल स्पोर्ट्स समिट र रेड बुलबीच ऐतिहासिक साझेदारीको सुरुवात गरेको छ। आयोजकका अनुसार यस साझेदारीको मुख्य उद्देश्य नेपालको खेल क्षेत्रको विकास, युवाको सहभागिता वृद्धि, नवप्रवर्तन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय लगानी अवसरलाई मजबुत बनाउनु हो।

नेपाल स्पोर्ट्स समिट २०२६ मा कूटनीतिज्ञ, सरकारी नेतृत्व, खेल महासंघका प्रतिनिधि, कर्पोरेट क्षेत्र, खेलाडी, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहनेछ। समिटमा खेल कूटनीति, खेल पर्यटन, पूर्वाधार विकास, व्यवसायीकरण र अन्तर्राष्ट्रिय सहकार्यजस्ता विषयमा छलफल हुनेछ।

रेड बुल नेपालका जीएम (सेल्स एण्ड मार्केटिङ) निर्विक प्रधानले रेड बुल खेलाडी सशक्तीकरण, नवप्रवर्तन र विश्वव्यापी खेल इकोसिस्टमको समर्थनमा सधैं सक्रिय रहेको उल्लेख गर्दै नेपाल स्पोर्ट्स समिटसँगको साझेदारीले नयाँ पुस्ताका खेलाडी र खेल नेतृत्वकर्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे।

नेपाल स्पोर्ट्स समिटका आयोजक आमिर अख्तरले रेड बुललाई शीर्ष प्रायोजकका रूपमा स्वागत गर्दै यो साझेदारी नेपालका लागि खेल पर्यटन, लगानी र अन्तर्राष्ट्रिय सहकार्यको दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताए।

रेड बुलको समर्थनसँगै समिटमा अन्तर्राष्ट्रिय वक्ता, विशेष कार्यक्रम, नेटवर्किङ प्लेटफर्म र रणनीतिक साझेदारीका अवसरहरू समावेश गरिनेछन्, जसले नेपालको खेल क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल स्पोर्ट्स समिट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय