+

टाइगर कप भलिबलमा पर्वतको लगातार तेस्रो जित, माल्दिभ्सकाे चाैथाे हार

२०८२ माघ  १३ गते १४:३० २०८२ माघ १३ गते १४:३०
टाइगर कप भलिबलमा पर्वतको लगातार तेस्रो जित, माल्दिभ्सकाे चाैथाे हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्वत जिल्ला भलिबल संघले छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ।
  • पर्वत भलिबलले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
  • महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको छ।

१३ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार तेस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

पर्वत भलिबलले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ ले जित निकाल्यो । यसअघि पर्वतले नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको थियो । माल्दिभ्स भलिबलले भने लगातार चौथो हार बेहोरेको छ ।

अब पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

यसअघि आजै भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले फाइनलमा स्थान पक्का गरेको छ ।

आजको पहिलो खेलमा थाइल्यान्ड क्वीन्सले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।

छैटौं टाइगर कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय