+

पुलिसलाई हराउँदै न्यु डायमन्ड टाइगर कप भलिबलको फाइनलमा प्रवेश

२०८२ माघ  १३ गते १४:१८ २०८२ माघ १३ गते १४:१८
पुलिसलाई हराउँदै न्यु डायमन्ड टाइगर कप भलिबलको फाइनलमा प्रवेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।
  • थाइल्याण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ र पुलिसले लगातार दोस्रो हार बेहोरेको छ।
  • महिलातर्फको फाइनल माघ १६ गते र पुरुषतर्फको फाइनल माघ १७ गते पोखरामा हुनेछ।

१३ माघ, काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२० ले जित निकाल्यो । न्यु डायमन्ड ३ खेलबाट ९ अंकसहित फाइनलमा पुगेको हो ।

अब एपीएफ, थाइल्याण्ड क्वीन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन् । पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार बेहोरेको छ ।

यसअघि आजै भएको खेलमा थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।

छैटौं टाइगर कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय