+

छैटौं टाइगर कप भलिबल : आर्मीविरुद्ध थाइल्यान्ड क्वीन्सको सहज जित

२०८२ माघ  १३ गते ११:०६ २०८२ माघ १३ गते ११:०६
छैटौं टाइगर कप भलिबल : आर्मीविरुद्ध थाइल्यान्ड क्वीन्सको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ थाइल्यान्ड क्वीन्सले त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गरेको छ।
  • थाइल्यान्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१६ ले सहज जित निकालेको हो।
  • च्याम्पियनसिप माघ १७ गतेसम्म पोखरामा जारी छ र पुरुषतर्फ ६ तथा महिलातर्फ ५ टोली सहभागी छन्।

१३ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ थाइल्यान्ड क्वीन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा थाइल्यान्डले आर्मी ३–० को सोझो सेटमा पराजित गर्‍यो । थाइल्यान्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो ।

पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्यान्डले दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । आर्मी भने जितविहिन रहँदै च्याम्पियनसिप सकाएको छ । आर्मी ४ वटै खेलमा पराजित भयो ।

आजको दोस्रो खेल महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लब र पुलिसबिच हुनेछ । त्यसपछि पुरुषतर्फका २ खेल हुनेछ । पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भिड्नेछन् । पुरुषतर्फको दोस्रो खेल गण्डकी र पुलिसबिच हुने तालिका छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।

छैटौं टाइगर कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय