+

टी-२० विश्वकपका लागि स्कटल्यान्डको टोली घोषणा

२०८२ माघ  १३ गते ७:३९ २०८२ माघ १३ गते ७:३९
टी-२० विश्वकपका लागि स्कटल्यान्डको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि स्कटल्यान्डले १५ सदस्यीय टोली घोषणा गरेको छ।
  • टोलीको कप्तानी रिची बेरिङटनले गर्नेछन् र नयाँ मुख्य प्रशिक्षक ओवेन डकिन्सको नेतृत्वमा सातौं पटक विश्वकप खेल्न लागेको हो।
  • स्कटल्यान्डले समूह 'सी' मा नेपाल, इटली, इंग्ल्यान्ड र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ र पहिलो खेल फेब्रुअरी ७ मा वेस्ट इन्डिजसँग हुनेछ।

१३ माघ, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि स्कटल्यान्डले १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको कप्तानी रिची बेरिङटनले गर्नेछन् ।

नयाँ मुख्य प्रशिक्षक ओवेन डकिन्सको नेतृत्वमा स्कटल्यान्डले सातौं पटक विश्वकप खेल्न लागेको हो। स्कटल्यान्डले सबैभन्दा पहिलो संस्करणको विश्वकप पनि खेलेको थियो ।

टोलीमा जैनुल्लाह इहसान पहिलो पटक समावेश भएका छन्। अफगानिस्तानमा जन्मिएका पेस बलर जैनुल्लाह हालै स्कटल्यान्डका लागि खेल्न योग्य बनेका हुन्।

यस्तै, न्युजिल्यान्डका पूर्व खेलाडी टम ब्रुस पनि टोलीमा परेका छन्। ३४ वर्षीय ब्रुसले यसअघि न्युजिल्यान्डका लागि १७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

स्कटल्यान्ड युरोपियन छनोट पार गर्न नसक्दा विश्वकपका लागि छनोट भएको थिएन । तर बंगलादेशले भारतमा खेल्न जान अस्वीकार गरेपछि आईसीसीले बंगलादेशको ठाउँमा स्कटल्यान्डलाई समावेश गरेको हो ।

समूह ‘सी’ मा रहेको स्कटल्यान्डले नेपाल, इटली, इंग्ल्यान्ड र वेस्ट इन्डिजसँग समूह चरणमा खेल्नेछ । पहिलो खेल वेस्ट इन्डिजसँग फेब्रुअरी ७ मा वेस्ट इन्डिजसँग खेल्नेछ ।

स्कटल्यान्डको टोली: रिची बेरिङटन (कप्तान), टम ब्रुस, म्याथ्यु क्रस, ब्राडली करी, ओली डेभिडसन, क्रिस ग्रिभ्स, जैनुल्लाह इहसान, माइकल जोन्स, माइकल लिस्क, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, जर्ज मन्से, शफिया शरीफ, मार्क वाट, ब्राडली ह्‍वील

टी-२० विश्वकप २०२६ स्कटल्यान्ड क्रिकेट टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय