News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लबलाई १-० ले पराजित गर्दै पहिलो जित हात पारेको छ।
- सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा विवश चौधरीले गरेको आत्मघाती गोल पुलिसको जितमा निर्णायक सावित भयो।
- पुलिसले चार खेलबाट ४ अंक जोडेको छ भने श्री भगवतीले पनि चार खेलमा ४ अंक मात्रै जोडेको छ।
१२ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले श्री भगवती क्लबलाई १-० ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा आत्मघाती गोल मदतमा पुलिसले श्री भगवतीलाई हराउँदै ३ अंक जोडेको हो ।
श्री भगवतीका विवश चौधरीले ३७औं मिनेटमा गरेको आत्मघाती गोलमा पुलिसले अग्रता लिएको थियो । पुलिसका फरवार्ड मनिस सेढाईंले दायाँ भागबाट हानेको क्रसलाई बचाउने क्रममा विवशले आत्मघाती गोल गरेका हुन् ।
चार खेलमा पहिलो जित हात पारेको पुलिसले चार खेलबाट ४ अंक जोडेको छ । श्री भगवतीको यो दोस्रो हार हो । चार खेल खेलिसकेको श्री भगवतीको पनि ४ अंक नै छ ।
प्रतिक्रिया 4