+

नेपालले वार्म अप खेलमा यूएई र क्यानडासँग खेल्ने

२०८२ माघ  १२ गते १८:४० २०८२ माघ १२ गते १८:४०
नेपालले वार्म अप खेलमा यूएई र क्यानडासँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप अघि यूएई र क्यानडासँग क्रमशः फेब्रुअरी ३ र ५ मा वार्म अप खेल खेल्नेछ।
  • नेपालले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग तीन अभ्यास टी-२० खेल खेल्ने तालिका बनाएको छ।
  • टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ र नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।

१२ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरणका खेलअघि नेपाली क्रिकेट टोलीले यूएई र क्यानडासँग वार्म अप खेल खेल्ने भएको छ ।

समाचार संस्था सिजार स्पोर्ट्स ग्लोबलमा उल्लेख भएअनुसार नेपालले यूएईसँग फेब्रुअरी ३ मा क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्नेछ ।

त्यसअघि नेपाली टोलीले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल खेल्ने तालिका छ ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ ।

स्रोत : सिजार स्पोर्ट्स ग्लोबल

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय