+

राष्ट्रिय लिगमा त्रिभुवन आर्मी र लालीगुराँसले अंक बाँडे

२०८२ माघ  १३ गते १३:१६ २०८२ माघ १३ गते १३:१६
राष्ट्रिय लिगमा त्रिभुवन आर्मी र लालीगुराँसले अंक बाँडे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी एफसी र कास्कीको लालिगुराँस एसोसिएसनले राष्ट्रिय लिग फुटबलमा गोलरहित बराबरी खेलेका छन्।
  • लालिगुराँसले १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने आर्मी ८ अंकसहित पाँचौं स्थानमा छ।
  • यो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा १३ माघमा भएको हो।

१३ माघ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी एफसी र कास्कीको लालिगुराँस एसोसिएसनले राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा आर्मी र लालिगुराँसले गोलरहित बराबरी खेलेका हुन् ।

लालिगुराँसको यो पहिलो बराबरी हो भने आर्मीको दोस्रो बराबरी हो । यो नतिजापछि लालिगुराँस १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

आर्मी भने ८ अंकसहित पाँचाैं स्थानमा छ ।

तस्वीरहरू : विकास श्रेष्ठ

राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय