+

टाइगर कप भलिबल : पुलिसविरुद्ध गण्डकीको सहज जित

२०८२ माघ  १३ गते १७:४१ २०८२ माघ १३ गते १७:४१
टाइगर कप भलिबल : पुलिसविरुद्ध गण्डकीको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
  • पर्वत जिल्ला भलिबल संघले पुरुषतर्फ माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटले हराएको छ।
  • महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ।

१३ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्‍यो ।

यसअघि आजै भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटले पराजित गरेको थियो ।

यसअघिका महिलातर्फका खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र थाइल्यान्ड क्वीन्सले जित निकालेका थिए । न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

यस्तै थाइल्यान्डले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको सम्भावना जीवित राखेको छ ।

च्याम्पियनसिपअन्तर्गत बुधबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ एपीएफ र पुलिसबीच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ । त्यसपछि महिलातर्फ नै न्यु डायमन्ड र थाइल्यान्ड क्वीन्स भिड्नेछन् ।

भोलिको तेस्रो खेल पुरुषतर्फ पुलिस र माल्दिभ्सबिच हुनेछ । त्यसपछि भोलिको अन्तिम खेल एपीएफ र आर्मीबिच हुने तालिका छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।

छैटौं टाइगर कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय