+

चौथो आश्रय कप फुटबलको उपाधि युनाइटेड फेलोशिपलाई

२०८२ माघ  १६ गते ९:१९ २०८२ माघ १६ गते ९:१९
चौथो आश्रय कप फुटबलको उपाधि युनाइटेड फेलोशिपलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आश्रय समूहद्वारा आयोजना गरिएको ‘चौथो आश्रय कप फाइभ ए साइड अन्तर–रिह्याब फुटबल प्रतियोगिता–२०८२’ को उपाधि युनाइटेड फेलोशिप ललितपुरले जितेको छ।
  • फाइनल खेलमा युनाइटेड फेलोशिप ललितपुरले सन्जिवनी धरानलाई सडन डेथमा पराजित गर्दै उपाधि हात पारेको हो।
  • प्रतियोगितामा विजेताले एक लाख रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र पाएका छन् भने उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्।

१६ माघ, काठमाडौं । आश्रय समूहद्वारा आयोजना गरिएको ‘चौथो आश्रय कप फाइभ ए साइड अन्तर–रिह्याब फुटबल प्रतियोगिता–२०८२’ को उपाधि युनाइटेड फेलोशिप ललितपुर ले जितेको छ।

बिहीबार सम्पन्न फाइनल खेलमा युनाइटेड फेलोशिप ललितपुरले सन्जिवनी धरान लाई ‘सडन डेथ’ मा पराजित गर्दै उपाधि हात पारेको हो। निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो।

पेनाल्टी चरणमा दुवै टिमका खेलाडीले सफलतापूर्वक गोल गरे। त्यसपछि भएको ‘किपर टु किपर’ पेनाल्टीमा पनि दुवै गोलरक्षक सफल भए। तर ‘सडन डेथ’ चरणमा सन्जिवनी धरान चुक्दा युनाइटेड फेलोशिप ललितपुर उपाधि जित्न सफल भयो।

प्रतियोगिताको विजेता युनाइटेड फेलोशिप ललितपुरले एक लाख रुपैयाँ नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सन्जिवनी धरानले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ।

लागूऔषध दुर्व्यसनमा परेकाहरूको सुधार तथा पुनर्स्थापनाका लागि सञ्चालनमा रहेका विभिन्न रिह्याब केन्द्रहरूबीच आयोजना गरिएको उक्त प्रतियोगिताका विजेता तथा उपविजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले पुरस्कार वितरण गरे।

गोकर्णेश्वर नगरपालिका–१, वीपी चोकस्थित आश्रय समूह सुधार केन्द्र को प्राङ्गणमा सम्पन्न प्रतियोगितामा आयोजक आश्रय समूहका दुई टिमसहित काठमाडौं उपत्यका र मोफसल क्षेत्रबाट गरी कुल १५ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताअन्तर्गत उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, अनुशासित टिम, उत्कृष्ट गोलरक्षक तथा उदयमान खेलाडी लाई पनि नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

चौथो आश्रय कप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय