News Summary
Generated by OK AI. Editorially reviewed.- स्वस्तिश्री गुरुकुलले १२औं एक्सेल्सियर कपअन्तर्गत यु–११ फुटसलमा सेक्रेड हार्टलाई २–१ ले हराएको छ।
- जोन डेवीले यु–१३ फुटसलमा सेक्रेड हार्टलाई ३–० र एआई स्कुललाई २–१ ले पराजित गरेको छ।
- स्वर्णिमले बास्केटबल सिनियर ब्वाइजमा ओरेकल रेलाई ३८–३१ र सिनियर गर्ल्समा ज्ञानोदय बाल वाटिकालाई २२–६ ले हराएको छ।
१५ माघ, काठमाडौं । १२औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा स्वस्तिश्री गुरुकुलले बिहीबार जित हात पारेको छ ।
स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा भएको खेलमा स्वस्तिश्री गुरुकुलले सेक्रेड हार्टलाई २–१ ले हरायो । यस्तै जोन डेवीले स्वस्तिश्री गुरुकुललाई ३–२ र सेक्रेड हार्टले कोहिनुरलाई ३–० गोलले पराजित गरे । अर्को खेलमा जोन डेवी र सेक्रेड हार्टले गोलरहित बराबरी खेले ।
यु–१३ मा जोन डेवीले सेक्रेड हार्टलाई ३–० र एआई स्कुललाई २–१, ज्ञानोदयले बाल दीक्षालाई २–१ र होली भिजनलाई ८–१, एक्सेल्सियरले होली भिजनलाई ३–० तथा रेडियन्ट पब्लिकले किड्स लर्निङलाई १–० गोलले हराए । एआई र हार्टल्यान्डबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो ।
यु–१६ मा न्यु एरा एकेडेमीले बाल दीक्षालाई ५–० को फराकिलो गोलअन्तरले पाखा लगायो । एक्सेल्सियर र न्यु अरुणोदयबीचको खेल गोलरहित बराबरीमा सकियो ।
बास्केटबल
स्वर्णिमले बास्केटबलमा बिहीबार दोहोरो जित हात पारेको छ । स्वर्णिम सिनियर ब्वाइज र गर्ल्समा विजयी भएको हो ।
स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा स्वर्णिमले ओरेकल रेलाई ३८–३१ ले हरायो । स्वर्णिमको जितमा श्रोतम कार्कीले १५ अंक योगदान गरे । सिनियर गर्ल्समा हिसी डोल्मा ल्हामुको ४ अंक सहयोगमा स्वर्णिमले ज्ञानोदय बाल वाटिकालाई २२–६ ले सहजै हरायो ।
सिनियर ब्वाइजमा राराहिलले एक्सेल्सियरलाई २४–१९ तथा बाल दीक्षा सदनले ज्ञानोदयलाई ४३–१२ ले पाखा लगाए । राराहिलका ओवेशले १३ तथा बाल दीक्षाका सयल महर्जनले १० अंक जोडे ।
सिनियर गर्ल्समा द चाँदबाग स्कुलले बाल दीक्षालाई २५–३ तथा ल्यान्डमार्क एकेडेमीले ह्वाइटफिल्डलाई २२–१२ ले पराजित गर्यो । चाँदबागकी सार्गा बाराकोटीले ८ तथा ल्यान्डमार्ककी प्रतीक्षा राईले १६ स्कोर गरे ।
प्रतिक्रिया 4