+

राष्ट्रिय लिग : नव जनजागृति क्लबको पोष्टमा चर्च ब्वाइजको ६ गोल

२०८२ माघ  १५ गते १९:०१ २०८२ माघ १५ गते १९:०१
राष्ट्रिय लिग : नव जनजागृति क्लबको पोष्टमा चर्च ब्वाइजको ६ गोल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा बाराको नव जनजागृति युवा क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ।
  • मिलन राईले चर्च ब्वाइजका लागि ह्याट्रिक गरे भने अबायोमी फाकुनलेले दुई र एरिक विष्टले एक गोल गरे।
  • नव जनजागृतिको यो लगातार चौथो हार हो र उनीहरू अंकविहीन हुँदै पुछारमा छन्।

१५ माघ, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा बाराको नव जनजागृति युवा क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहिबार भएको खेलमा चर्च ब्वाइजका लागि मिलन राईले ह्याट्रिक गरे । यस्तै अबायोमी फाकुनलेले दुई तथा एरिक विष्टले एक गोल गरे । नव जनजागृतिका लागि विदेशी खेलाडी जोहान बोएरले एक गोल फर्काए ।

पहिलो हाफमै चर्च ब्वाइजले ५ गोल गरेको थियो । फाकुनलेले तेस्रो मिनेटमै गोल गर्दे चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने ३१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । एरिक विष्टले आठौं मिनेटमा अग्रता दोब्बर पारेका थिए । मिलन राईले पहिलो हाफको २०औं र ४१औं मिनेटमा गोल गरे ।

मिलन राईले ६१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । नव जनजागृतिका लागि जोहान बोएरले ८१औं मिनेटमा सान्त्वना गोल फर्काए । राष्ट्रिय लिगमा दोस्रो जितपछि चर्च ब्वाइज ४ खेलबाट ७ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

नव जनजागृतिको भने यो लगातार चौथो हार हो र अंकविहीन हुँदै पुछारमा छ ।

राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय