+

टाइगर कप : माल्दिभ्सविरुद्ध पुलिसको सहज जित, फाइनल पुग्ने सम्भावना कायमै

२०८२ माघ  १५ गते १६:४५ २०८२ माघ १५ गते १६:४५
टाइगर कप : माल्दिभ्सविरुद्ध पुलिसको सहज जित, फाइनल पुग्ने सम्भावना कायमै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
  • पुलिसले ५ खेलबाट १० अंक जोडेर फाइनल पुग्ने सम्भावना कायमै राखेको छ भने गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ समान ९ अंकसहित प्रतिस्पर्धामा छन्।
  • महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबबीच शुक्रबार उपाधिका लागि खेल हुनेछ भने थाइल्याण्ड क्विन्सले सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै तेस्रो स्थान हासिल गरेको छ।

१५ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनविरुद्ध सहज जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ पुलिसले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । जितसँगै पुलिसले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् । कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् ।

उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

अब पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपीएफ खेल्नेछन् । दुवै टोली फाइनल दौडबाट बाहिरिसकेका छन् । यसअघि आजै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो ।

महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल शुक्रबार हुनेछ ।

छैटौं टाइगर कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय