+

पाकिस्तानसँगको पहिलो टी–२०आईमा अस्ट्रेलियाको कप्तानी हेडले गर्ने, तीनजनाको डेब्यू

२०८२ माघ  १५ गते १४:१९ २०८२ माघ १५ गते १४:१९
पाकिस्तानसँगको पहिलो टी–२०आईमा अस्ट्रेलियाको कप्तानी हेडले गर्ने, तीनजनाको डेब्यू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाको टी–२०आई क्रिकेट टोलीमा ट्राभिस हेडले कप्तानी गर्ने भएका छन्।
  • माहली बर्डम्यान, ज्याक एडवार्ड्स र म्याथ्यु रेन्शले पहिलोपटक टी–२०आई खेल्ने अवसर पाएका छन्।
  • तीन खेलको सिरिजको पहिलो खेल पाकिस्तानको लाहोरमा हुनेछ र दुवै टोलीले विश्वकप तयारीका रूपमा लिइरहेका छन्।

१५ माघ, काठमाडौं । पाकिस्तानसँगको टी–२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा अस्ट्रेलियाको कप्तानी ट्राभिस हेडले गर्ने भएका छन् । त्यस्तै तीन खेलाडीले डेब्यू पनि गर्ने भएका छन् ।

माहली बर्डम्यान, ज्याक एडवार्ड्स र म्याथ्यु रेन्शले यस खेलमार्फत पहिलोपटक टी–२०आई खेल्ने अवसर पाएका हुन्। नियमित कप्तान मिच मार्श भने विश्राममा राखिएका छन्।

अस्ट्रेलियाको टोलीमा ट्राभिस हेड, म्याथ्यु शर्ट, क्यामरन ग्रीन, म्याथ्यु रेन्श, कूपर कोनली, मिचेल ओवेन, जोस फिलिपे, ज्याक एडवार्ड्स, जेभियर बार्टलेट, एडम जाम्पा र माहली बर्डम्यान रहेका छन्।

तीन खेलको टी–२०आई सिरिजको यो पहिलो खेल पाकिस्तानको लाहोरमा हुनेछ । दुवै टोलीले यस खेललाई विश्वकपको तयारीका रूपमा लिइरहेका छन्।

अस्ट्रेलिया क्रिकेट ट्राभिस हेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय