+

नेपाली क्रिकेट टोलीले एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्दै

२०८२ माघ  १५ गते ११:२१ २०८२ माघ १५ गते ११:२१
नेपाली क्रिकेट टोलीले एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष क्रिकेट टोलीले एमसीए प्रेसिडेन्ट ११ सँग पहिलो अभ्यास टी-२० खेल खेल्दै छ।
  • नेपालले फेब्रुअरी ७ देखि सुरु हुने टी-२० विश्वकपमा इंग्ल्यान्ड, इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग समूह चरणका खेल खेल्ने छ।
  • नेपालले फेब्रुअरी ३ मा यूएई र फेब्रुअरी ५ मा क्यानडासँग वार्म अप खेल खेल्ने छ।

१५ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले आज भारतको मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग पहिलो अभ्यास टी-२० खेल खेल्दै छ ।

नेपाल र एमसीए प्रेसिडेन्ट ११ बीचको खेल साँझ सवा ६ बजेदेखि सीसीआई मैदानमा सुरु हुनेछ ।

भारत आउनुअघि नेपाली टोलीले श्रीलंकामा गएर श्रीलंका ए सँग तीन अभ्यास खेल खेलेको थियो ।

तीन खेलमध्ये पहिलो र दोस्रो खेलमा पराजित भएको नेपाल तेस्रो खेलमा विजयी भएको थियो ।

आजको खेलपछि नेपालले एमसीए प्रेसिडेन्ट ११ सँग शनिबार दोस्रो अभ्यास खेल खेल्ने छ ।

त्यसपछि नेपालले विश्वकपमा समूह चरणका खेल खेल्नुअघि यूएई र क्यानडासँग वार्म अप खेल पनि खेल्ने छ ।

नेपालले यूएईसँग फेब्रुअरी ३ मा क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्ने छ । यूएईसँग फेब्रुअरी ३ को साँझ ५:१५ देखि खेल सुरु हुनेछ भने क्यानडासँग फेब्रुअरी ५ को दिउँसो सवा १ बजेदेखि खेल सुरु हुनेछ । दुवै खेल चेन्नईस्थित एमए चिदाबरम रंगशालामा हुनेछ ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय