+

टाइगर कप भलिबल : महिलातर्फ एपीएफलाई हराउँदै थाइल्यान्ड क्वीन्स तेस्रो

२०८२ माघ  १५ गते १३:२८ २०८२ माघ १५ गते १३:२८
टाइगर कप भलिबल : महिलातर्फ एपीएफलाई हराउँदै थाइल्यान्ड क्वीन्स तेस्रो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ थाइल्यान्ड क्वीन्स तेस्रो बनेको छ।
  • थाइल्यान्डले महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा एपीएफलाई ३–१ को सेटमा पराजित गरेको छ।
  • महिलातर्फ उपाधिका लागि न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब शुक्रबार भिड्नेछन्।

१५ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ थाइल्यान्ड क्वीन्स तेस्रो बनेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पा¥यो । थाइल्याण्डले चौथो सेट २३–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा १५–११ ले आफ्नो आफ्नो पक्षमा पार्दै थाइल्याण्ड तेस्रो बन्यो ।

तेस्रो बनेसँगै थाइल्यान्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पार्‍यो । महिलातर्फको उपाधिका लागि भने न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल शुक्रबार हुनेछ ।

अब पुरुषतर्फका दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल नेपाल पुलिस क्लब र माल्दिभ्स भलिबल एसोसियसन खेल्दैछन् । त्यसपछि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीच हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

छैटौं टाइगर कप भलिबल थाइल्यान्ड क्वीन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय