News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली एमएमए फाइटर कोसिस राजभण्डारी र युगिन शर्माले केएफएल-कर्मा फाइट लिग खेल्ने भएका छन् ।
- कर्मा फाइट लिग जनवरी ३० मा श्रीलंकाको कोलोम्बोमा हुनेछ ।
- कोसिसले भारतका सुर्यसँग को-मेन इभेन्ट अन्तर्गत मिडलवेइट बाउटमा प्रतिस्पर्धा गर्नेछन् ।
१५ माघ, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस राजभण्डारी र युगिन शर्माले श्रीलंकामा जनवरी ३० मा हुने केएफएल-कर्मा फाइट लिग खेल्ने भएका छन् ।
नेपालका कोसिसले भारतका सुर्यसँग को-मेन इभेन्ट अन्तर्ग मिडलवेइट बाउटमा प्रतिस्पर्धा गर्नेछन् ।
कोसिस एमएमए र किकबक्सिङ प्लेअर हुन् ।

यस्तै एमएमए र किकबक्सिङ खेलाडी युगिनले श्रीलंकाकी साइनी चामोद्यासँग प्रतिस्पर्धा गर्नेछिन् ।
सुरुमा युगिनले पाकिस्तननकी बुस्रा अख्तरसँग खेल्ने तय थियो तर बुस्रा घाइते भएपछि उनको स्थानमा साइनीले खेल्न लागेकी हुन् ।
केएफएलका लागि दुवै खेलाडी श्रीलंकाको कोलोम्बो पुगिसकेका छन् । दुवै जना रेज फाइट टिमका खेलाडी हुन् ।
प्रतिक्रिया 4