+

सुदूरपश्चिम रोयल्सले फ्यानलाई स्कुटर उपहार दिने

२०८३ असोज  २८ गते २२:०७ २०८३ असोज २८ गते २२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोयल्सले एथर नेपालसँग सहकार्य गरी एक भाग्यशाली समर्थकलाई स्कुटर उपहार दिने भएको छ।
  • उपहार कार्यक्रममा सहभागी हुने तरिका केही दिनमा जानकारी दिने सुदूरपश्चिमले जनाएको छ।
  • एथर नेपालका ब्रान्ड प्रमुख सलमान खानले यो सहकार्यले विद्युतीय यातायात र क्रिकेटको आकर्षण बढाउने बताए।

२८ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स आफ्ना समर्थकलाई स्कुटर उपहार दिने भएको छ । सुदूरपश्चिमले एथर नेपालसँगको सहकार्यमा एक भाग्यशाली समर्थकलाई स्कुटर उपहार दिन लागेको हो ।

एथर तेस्रो संस्करणको एनपीएलका लागि सुदूरपश्चिमसँग यात्रा साझेदारका रूपमा जोडिएको छ । समर्थकलाई एक स्कुटर उपहार दिने गरी एथर र सुदूरपश्चिमबिच सहकार्य भएको हो । यो सहकार्यअनुसार सुदूरपश्चिमका समर्थकमध्ये एक जनाले एथरको स्कुटर पाउनेछन् । उपहार कार्यक्रममा कसरी सहभागी हुने भन्नेबारे सुदूरपश्चिमले केही दिनमा जानकारी दिनेछ ।

एथर नेपालका ब्रान्ड प्रमुख सलमान खानले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । ‘नेपालको तीव्र रूपमा लोकप्रिय हुँदै गएको खेलकुद मञ्च र क्रिकेटप्रेमीको उत्साही समुदायसँग जोडिने अवसरका रूपमा यो सहकार्य एथरका लागि नयाँ र रोमाञ्चक अध्याय हो,’ उनले भने ।

यस संस्करणलाई समर्थक, ग्राहक तथा एथर परिवारका सम्पूर्ण सदस्यका लागि अझ रोमाञ्चक र यादगार बनाउने खानको विश्वास छ । ‘यस सहकार्यको उद्देश्य एथर ब्रान्डप्रति आकर्षण बढाउनु, विद्युतीय यातायातलाई अझ धेरै मानिसमाझ पुर्‍याउनु तथा एथर र क्रिकेट दुवैले प्रतिनिधित्व गर्ने ऊर्जा, महत्त्वाकांक्षा र जोशलाई उत्सवका रूपमा मनाउनु हो,’ उनले भने ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एथरसँगको सहकार्यले थप समर्थकलाई जोड्न सहयोग पुगेको विश्वास व्यक्त गरे । उनले समर्थकलाई स्कुटर उपहार दिने प्रचलन नेपाली खेलकुदमा नयाँ भएको भन्दै यो कदम ऐतिहासिक भएको बताए । उनले भने, ‘एथरसँगको सहकार्यले हाम्रो यात्रालाई सहज त बनाउने नै छ । समर्थकलाई टोलीसँग जोड्न उत्साह पनि थप्छ ।’

सुदूरपश्चिम एनपीएलको दुवै संस्करणको उपविजेता टोली हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

एनपीएल सुदूरपश्चिम रोएल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय