News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपको यु–२१ ब्वाइज सिंगल्समा एभीएमका रसिन महर्जन र गर्ल्समा इभाना थापाले बुधबार स्वर्ण जिते ।
- यु–२१ ब्वाइज सिंगल्समा गनन्जय दाहाल दोस्रो, समिर खत्री र रिजन शाक्य तेस्रो भए भने गर्ल्समा वियंका राई दोस्रो र आस्मा पहरी तथा साइरा शाक्य तेस्रो बने ।
- यु–१७ ब्वाइज सिंगल्समा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण जिते, र प्रतियोगितामा ६ स्पर्धा र २ लाख रुपैयाँ पुरस्कार राशि थियो ।
२८ असोज, काठमाडौं । एभीएम टेबलटेनिस क्लबका रुविन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा बुधबार स्वर्ण जितेका छन् । यु–२१ सिंगल्सको ब्वाइजमा रसिन र गर्ल्समा इभानाले स्वर्ण जितेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–२१ ब्वाइज सिंगल्समा नेपाल प्रहरीका गनन्जय दाहाल दोश्रो तथा भिजन टेबलटेनिस क्लबका समिर खत्री र यल टेबलटेनिसका रिजन शाक्य तेश्रो भए ।
यु–२१ गर्ल्स सिंगल्समा एभीएमकी वियंका राई दोश्रो तथा एभीएमकै आस्मा पहरी र साइरा शाक्य तेश्रो बने ।
नेपाल टेबलटेनिस प्रालिद्वारा आयोजित प्रतियोगिताको यु–१७ ब्वाइज सिंगल्समा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण, यलका रिजन शाक्यले रजत तथा स्ट्याग च्याम्पिन्स टेबलटेनिस क्लबका निश्चल थापा र यलका रिभानमुनि वज्राचार्यले कांस्य जिते ।
दुईदिने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु–१३ र यु–१७ गर्ल्स सिंगल्समा साइरा शाक्य तथा यु–१३ ब्वाइज सिंगल्समा रिभानमुनि वज्राचार्यले स्वर्ण जितेका थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायतले पुरस्कृत गरे । प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया 4