+

मेलबर्नमा १५औं कँडेल कन्सल्टेन्सी कप हुँदै

२०८२ फागुन  १९ गते १९:०३ २०८२ फागुन १९ गते १९:०३
मेलबर्नमा १५औं कँडेल कन्सल्टेन्सी कप हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेलबर्नमा सन् २०२६ मार्च ७ र ८ मा १५औं कँडेल कन्सल्टेन्सी कप फुटबल प्रतियोगिता डेरबिन इन्टरनेशनल स्पोर्ट्स सेन्टरमा सञ्चालन हुनेछ।
  • प्रतियोगितामा ओपन एज र ३५ वर्ष माथि विधामा १६ टोली चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा प्रतिस्पर्धा गर्नेछन्।
  • यति फुटबल क्लबका उपाध्यक्ष सज्जन शर्माले प्रतियोगिताले अस्ट्रेलियामा नेपाली समुदायबीच भाइचारा र एकताको भावना सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

१९ फागुन, काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा १५औं संस्करणको ‘कँडेल कन्सल्टेन्सी कप’ आयोजना हुने भएको छ। प्रतियोगिता सन् २०२६ मार्च ७ र ८ तारिखमा डेरबिन इन्टरनेशनल स्पोर्ट्स सेन्टरमा सञ्चालन हुनेछ।

प्रतिष्ठित मानिएको यस प्रतियोगितामा ‘ओपन एज’ र ‘३५ वर्ष माथि (फरेभर योङ्ग)’ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार सिड्नी, क्यानबेरा र एडिलेडसहित अस्ट्रेलियाका विभिन्न शहरबाट टोलीहरूको सहभागिता रहनेछ।

हालै आयोजित विशेष समारोहबीच प्रतियोगिताको आधिकारिक टाइ–ड्र सार्वजनिक गरिएको हो। ओपन क्याटेगोरीतर्फ १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा होमवुस राइनो फुटबल क्लब (सिड्नी), खुकुरी एफसी (क्यानबेरा), नेपवोर्न एफसी र यती फुटबल क्लब रातो रहेका छन्। समूह ‘बी’ मा सिद्धकाली एफसी (एडिलेड), युनाइटेड फुटबल क्लब, रोयल फुटबल क्लब र हिमालयन फुटबल क्लब परेका छन्।

समूह ‘सी’ मा एभरेस्ट युनाइटेड एफसी, रोयल वेस्टर्न एफसी, एनी एफसी र चन्द्र सूर्य एफसी छन् भने समूह ‘डी’ मा यती एफसी ब्लु, जगजित श्रेष्ठ एकेडेमी (एडिलेड), द हिमालयन टाइगर्स र हिमालयन युथ क्लब (सिड्नी) रहेका छन्।

लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने यो प्रतियोगिता अष्ट्रेलियामा नेपाली क्लबहरूबीचको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामध्ये एक मानिन्छ। प्रतियोगितामा कुल २२ हजार अष्ट्रेलियन डलर पुरस्कार राशि निर्धारण गरिएको छ।

ओपन क्याटेगोरीका विजेताले १२ हजार डलर तथा उपविजेताले ४ हजार ५०० डलर नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। ‘फरेभर योङ्ग’ विधाका विजेताले २ हजार ५०० डलर र उपविजेताले १ हजार डलर पुरस्कार पाउनेछन्। साथै विभिन्न व्यक्तिगत विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

गत वर्ष सम्पन्न १४औँ संस्करणको फाइनलमा यति फुटबल क्लबले रोयल वेस्टर्न क्लबलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो।

प्रतियोगितामा नेपालका राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका चर्चित खेलाडीहरूको पनि सहभागिता रहने बताइएको छ।

यति फुटबल क्लबका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक सज्जन शर्माले प्रतियोगिताले अस्ट्रेलियामा रहेका नेपाली समुदायबीच आपसी भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

कँडेल कन्सल्टेन्सी कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय