+

डिजिटल प्लाटफर्ममा नयाँ रेकर्ड बनाउँदै टी-२० विश्वकपको जारी संस्करण

२०८२ फागुन  १९ गते १४:२१ २०८२ फागुन १९ गते १४:२१
डिजिटल प्लाटफर्ममा नयाँ रेकर्ड बनाउँदै टी-२० विश्वकपको जारी संस्करण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ डिजिटल रूपमा सबैभन्दा धेरै हेरिएको संस्करण बन्ने दिशामा अघि बढेको छ।
  • सुपर ८ मा भारत र वेस्ट इन्डिजबीचको खेलमा आईसीसी टिभीले नयाँ रेकर्ड बनाएको छ।
  • प्रतियोगिताले २०२४ को कुल प्रयोगकर्ता संख्या २८ प्रतिशत र कुल हेर्ने समय ५६ प्रतिशतले वृद्धि गरेको छ।

१९ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ डिजिटल रूपमा अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको र विश्वव्यापी पहुँच विस्तार गरेको संस्करण बन्ने दिशामा अघि बढेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार आईसीसी टिभी र सामाजिक सञ्जालमार्फत यस संस्करणले नयाँ कीर्तिमान कायम गरेको छ।

सुपर ८ चरणअन्तर्गत भारत र वेस्ट इन्डिजबीचको खेलमा आईसीसी टिभीले एकैपटक हेर्ने दर्शक संख्यामा नयाँ रेकर्ड बनाएको छ, जसले सन् २०२४ को फाइनलमा बनेको अघिल्लो कीर्तिमानलाई उछिनेको हो।

यसपटकको प्रतियोगिताले २०२४ संस्करणभरि देखिएको कुल प्रयोगकर्ता संख्या र कुल हेर्ने समयसमेत पार गरिसकेको छ। अघिल्लो संस्करणको सोही चरणसँग तुलना गर्दा युनिक प्रयोगकर्ता २८ प्रतिशतले बढेका छन् भने कुल हेर्ने समय ५६ प्रतिशतले वृद्धि भएको छ।

सामाजिक सञ्जालमा पनि आईसीसीले १० अर्बभन्दा बढी भिडियो भ्युज पार गरिसकेको छ र १६ अर्ब भ्युज नाघ्ने दिशामा अघि बढिरहेको छ।

दर्शकको संलग्नता पनि उल्लेखनीय रूपमा बढेको छ। प्रति प्रयोगकर्ता औसत हेर्ने समय ५८ मिनेट पुगेको छ, जुन २०२४ मा सुपर ८ सकिँदासम्म ४७ मिनेट थियो।

बहुभाषिक प्रसारणले पनि ठूलो योगदान दिएको छ। हिन्दी, उर्दू, नेपाली, जापानी र इन्डोनेसियन भाषामा प्रसारण गरिएको फिडले कुल हेर्ने समयको झण्डै आधा हिस्सा ओगटेको छ, र शीर्ष पाँचमध्ये तीन स्ट्रिम गैर-अंग्रेजी भाषाका रहेका छन्।

परम्परागत क्रिकेट बजारबाहिरका देशहरूमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। जर्मनीमा १५० प्रतिशत र इटालीमा १३६ प्रतिशतले युनिक प्रयोगकर्ता बढेका छन्। जापान र दक्षिण कोरियामा पनि १०० प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ।

यी तथ्यांकहरूले यो संस्करणलाई आईसीसी इतिहासकै सबैभन्दा विश्वव्यापी र पहुँचयोग्य प्रतियोगिता बनाउने लक्ष्यतर्फ महत्वपूर्ण प्रगति भएको संकेत गरेको जनाइएको छ ।

टी-२० विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय