+

मध्यपूर्वको तनावले जिम्बाबे र वेस्ट इन्डिजको टोली भारतमै रोकिए

२०८२ फागुन  १९ गते १३:३४ २०८२ फागुन १९ गते १३:३४
मध्यपूर्वको तनावले जिम्बाबे र वेस्ट इन्डिजको टोली भारतमै रोकिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएका वेस्ट इन्डिज र जिम्बाबे टोली मध्यपूर्व तनावका कारण भारतमै रोकिएका छन्।
  • क्रिकेट वेस्ट इन्डिजले खेलाडी र अफिसियलहरूको सुरक्षा प्राथमिकता भएको र सुरक्षित यात्रा व्यवस्था मिलाउन काम गरिरहेको जनाएको छ।
  • जिम्बाबे क्रिकेट बोर्डले टोली भारतमै सुरक्षित रहेको र दुबई हुँदै स्वदेश फर्किने तालिका प्रभावित भएको जानकारी दिएको छ।

१९ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएका वेस्ट इन्डिज र जिम्बाबे टोली स्वदेश फर्कने वातावरण नभएपछि भारतमै रोकिएका छन् ।

मध्यपूर्व क्षेत्रमा जारी तनाव र सैन्य गतिविधिका कारण अन्तर्राष्ट्रिय हवाई मार्ग बन्द भएपछि दुवै टोलीको यात्रा प्रभावित भएको हो।

गल्फ क्षेत्रका विभिन्न देशहरूमा हजारौं उडान रद्द भएपछि दुबईजस्ता व्यस्त ट्रान्जिट हबहरू प्रभावित भएका छन्। वेस्ट इन्डिज आइतबार भारतसँग पाँच विकेटले पराजित हुँदै सेमिफाइनल पुग्न असफल भएको थियो भने जिम्बाबे सुपर ८ का तीनवटै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको थियो।

क्रिकेट वेस्ट इन्डिजले खेलाडी र अफिसियलहरूको सुरक्षा पहिलो प्राथमिकता भएको जनाएको छ। आईसीसी, सम्बन्धित सरकारी निकाय र एयरलाइन्ससँग समन्वय गरी सुरक्षित र छिटो यात्रा व्यवस्था मिलाउन काम गरिरहेको बोर्डले जनाएको छ। टोली हाल भारतमै सुरक्षित रूपमा बसेको र अवस्था निगरानीमा राखिएको स्पष्ट पारिएको छ।

जिम्बाबे क्रिकेट बोर्डले पनि सामाजिक सञ्जालमार्फत आफ्नो टोली भारतमै सुरक्षित रहेको र दुबई हुँदै स्वदेश फर्किने तालिका प्रभावित भएको जानकारी दिएको छ।

दुबई मुख्यालय रहेको आईसीसीले आफ्ना कर्मचारीका लागि पनि वैकल्पिक योजना बनाइरहेको जनाएको छ।

टी–२० विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय