News Summary
Generated by OK AI. Editorially reviewed.- इरानी महिला फुटबल टोलीले महिला एसियन कपमा दक्षिण कोरियाविरुद्धको खेलअघि राष्ट्रिय गान गाउन अस्वीकार गरेका छन्।
- इरानी खेलाडी र मुख्य प्रशिक्षक मर्जियाह जाफरीले मध्यपूर्वमा भइरहेको हवाई आक्रमणको विरोध स्वरुप राष्ट्रिय गान गाउन अस्वीकार गरिएको बताए।
- इरानी टोलीले युद्ध र नेता अयातोल्लाह अली खामेनीको मृत्युबारे मिडियाको प्रश्नमा कुनै जवाफ दिएका छैनन्।
१९ फागुन, काठमाडौं । महिला एसियन कप फुटबलमा खेल्नुअघि इरानी महिला खेलाडीले राष्ट्रिय गान गाउन अस्वीकार गरेका छन् ।
अस्ट्रेलियाको क्वीन्सल्याण्डस्थित गोल्ड कोस्ट स्टेडियममा दक्षिण कोरियाविरुद्धको खेलअघि इरानी खेलाडीले राष्ट्रिय गान गाउन अस्वीकार गरेका हुन् ।
खेलाडीहरु खेलअघि आफ्नो लाइनमा थिए । स्पिकरहरूमा इरानी राष्ट्रिय गान बज्न थाल्यो । तर, कुनै पनि इरानी खेलाडीहरू वा मुख्य प्रशिक्षक मर्जियाह जाफरीले पनि गीत गाएनन् ।
मध्यपूर्वमा भइरहेको हवाई आक्रमणको विरोध स्वरुप उनीहरुले राष्ट्रिय गान गाउन अस्विकार गरिएको बुझिएको छ । उनीहरु मध्यपूर्वमा हवाई आक्रमण सुरु हुनुभन्दा केही दिन अगाडि प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया पुगेका थिए ।
मिडियाले सोध्दा इरानका मुख्य प्रशिक्षक मर्जियाह जाफरी र खेलाडीहरूलाई युद्ध र नेता अयातोल्लाह अली खामेनीको मृत्युको बारेमा प्रश्न सोधेका थिए । तर, उनीहरुले कुनै जवाफ दिएनन् ।
प्रतिक्रिया 4