+

ब्याडमिन्टन संघको प्रवक्तामा बेनुप राज खत्री नियुक्त

२०८३ वैशाख  १९ गते २१:४९ २०८३ वैशाख १९ गते २१:४९
ब्याडमिन्टन संघको प्रवक्तामा बेनुप राज खत्री नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ब्याडमिन्टन संघको १३औं कार्यसमिति बैठकले सचिव बेनुप राज खत्रीलाई प्रवक्ता नियुक्त गरेको छ।
  • संघले ४२औं राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०८३ बैशाख २९ देखि जेठ ३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको छ।
  • प्रतियोगितामा सातै प्रदेशका टोली र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहनेछ र उपसमितिहरूले व्यवस्थापन गर्नेछन्।

१९ वैशाख, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको १३औं कार्यसमिति बैठकले प्रवक्ता नियुक्त लगातयत महत्वपूर्ण सांगठनिक निर्णयहरू गरेको छ ।

बैठकले संघको आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारीसहित सचिव बेनुप राज खत्रीलाई प्रवक्ता नियुक्त गरेको छ ।

संघले ‘४२औं राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०८३’ को मिति र स्थान पनि तय गरेको छ । उक्त प्रतियोगिता यही बैशाख २९ देखि जेठ ३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहल, त्रिपुरेश्वर, काठमाडौँमा आयोजना हुने संघले जनाएको छ ।

बैठकले प्रतियोगिता व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरेको छ । उपसमितिहरूले तयारी, समन्वय र सञ्चालन कार्यलाई व्यवस्थित गर्नेछन् ।

प्रतियोगितामा सातै प्रदेशका टोलीका साथै तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि १० टोलीको सहभागिता हुनेछ ।

नवनियुक्त प्रवक्ता खत्रीले प्रतियोगिता उच्च स्तरमा सम्पन्न गर्न तयारी सुरु भइसकेको जानकारी दिए ।

यस प्रतियोगिताले प्रतिभावान खेलाडीको पहिचान र विकासमा योगदान पुग्ने विश्वास संघले व्यक्त गरेको छ ।

नेपाल ब्याडमिन्टन संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय