१९ वैशाख, काठमाडौं । क्रिकेट अम्पायर तथा स्कोरर संघ नेपाल (कुसान)ले अम्पायरको स्तर अभिवृद्धिका लागि सेमिनार गरेको छ । कुसानले नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा शनिबार सेमिनार आयोजना गरेको अध्यक्ष समीर खानले जानकारी दिए ।
सेमिनारमा केही साताअघि सकिएको प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटको अम्पायरिङको समीक्षा गरिएको खानले बताए । प्रतियोगिताका भिडिओमार्फत अम्पायरिङको एनालाइसिस गरिएको हो ।
सहभागीहरूले आफ्ना कमजोरीहरू आत्मसात गर्दै आगामी दिनमा अम्पायरिङको स्तर अझ सुधार गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष खानले बताए ।
सेमिनारमा तीन विदेशीसहित ३० अम्पायर तथा म्याच रेफ्रीको सहभागिता रहेको थियो । सेमिनारमा विदेशी अम्पायर र म्याच रेफ्रीहरूले आफ्नो अनुभवसँगै अम्पायरिङका अवस्था र चुनौतीबारे प्रशिक्षण गराएका थिए । सेमिनारमा क्यानबाट सचिव पारस खड्का र क्रिकेट म्यानेजर विनोद दास सहभागी थिए ।
प्रतिक्रिया 4