+

राजन र सुनमायाले जिते चाँगुनारायण राष्ट्रिय ट्रेल रनको उपाधि

२०८३ वैशाख  १९ गते १६:५६ २०८३ वैशाख १९ गते १६:५६
राजन र सुनमायाले जिते चाँगुनारायण राष्ट्रिय ट्रेल रनको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आर्मीका राजन रोकाय र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनको खुला ३६ किमी दौडमा उपाधि जितेका छन्।
  • राजनले २ घण्टा ६ मिनेट २३ सेकेण्डमा दूरी पूरा गरे भने सुनमायाले २ घण्टा २७ मिनेट १४ सेकेण्डमा दौड समाप्त गरिन् ।

१९ वैशाख, काठमाडौं । नेपाल आर्मीका राजन रोकाय र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रन २०८३ को उपाधि जितेका छन् ।

नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा शनिबार भक्तपुरको चाँगुनारायणमा भएको ट्रेल रनको खुला ३६ किमीमा पुरुषतर्फ राजन र महिलातर्फ सुनमाया च्याम्पियन बनेका हुन् ।

राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट २३ सेकेण्डमा पूरा गरे । यस्तै ताप्लेजुङका रमेश लिम्बुले २ घण्टा ७ मिनेट ३० मिनेटमा दूरी पूरा गर्दै दोस्रो स्थानमा रहे । नेपाल आर्मीका गोलपाल तामाङ तेस्रो भए । उनले २ घण्टा ७ मिनेट ४२ सेकेण्डमा निर्धारित दूरी पूरा गरे ।

यस्तै नेपाल आर्मीका गजेन्द्र राई चौथो, प्रवल क्षेत्री पाँचौ, राजेन्द्र तामाङ छैटौं, तिलक बहादुर सुनार सातौं, विरेन्द्र पाण्डे आठौं, विशाल नवौं र रिखुलाल सिन्जाली मगर दशौं भए ।

यसैगरी खुला महिलातर्फ विजेता सुनमाया बुढाले निर्धारित दूरी २ घण्टा २७ मिनेट १४ सेकेण्डा पूरा गरिन् । सुनसरी रोकाया दोस्रो र निर्मला राई तेस्रो भए । सुनसरीले २ घण्टा ४४ मिनेट ५३ सेकेण्ड तथा निर्मलाले २ घण्टा ४६ मिनेट २९ सेकेण्डमा दूरी पूरा गरे ।

महिलातर्फ एलिस विसकेफ चौथो, आङ फुर्बा शेर्पा पाँचौ, काब्या रावल छैटौं, सपना गुरुङ सातौं, शासा श्रेष्ठ आठौं, मुना लिम्बु नवौँ र शारदा राई दशौँ भए ।

जुनियर यू-२०को ७ किमी दूरीको पुरुषतर्फ उत्तम तामाङ २१ मिनेट ०९ सेकेण्डमा समय निकाल्दै पहिलो भए । सुसन लामिछाने दोस्रो र खकेन्द्र शर्मा तेस्रो भए । सुसनले २१ मसनेट १५ सेकेण्ड तथा खकेन्द्रले २१ मिनेट १९ सेकेण्डमा दूरी पूरा गरे ।

७ किमी महिलातर्फ शर्मिला गैरे पहिलो भइन् । शर्मिलाले २७ मिनेट १९ सेकेण्डमा दूरी पूरा गरिन् । गीता नेपाली दोस्रो र मनिषा तामाङ तेस्रो भए । गीताले २७ मिनेट ४८ सेकेण्ड र मनिषाले २८ मिनेट २८ सेकेण्डमा पूरा गरिन् । गीताको नतिजा प्राविधिक कारणले स्थगित गरिएको संघले जनाएको छ ।

खुल्ला ३६ किमि महिला तथा पुरुषतर्फ विजेताले १ लाख रुपैयाँ, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै चौथोले २५ हजार, पाँचौंले १० हजार र छैटौं देखि दशौं स्थानसम्मका खेलाडीले जनही ३ हजार रुपैयाँ प्राप्त गरे ।

यू–२० तर्फ ७ किमि दौडमा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गरे भने चौथोले ५ हजार, पाँचौंले ३ हजार तथा छैटौं देखि दशौं स्थानसम्मका खेलाडीले जनही १ हजार रुपैयाँ पुरस्कार पाए । पुरस्कार रकममा प्रचलित कानुनअनुसार १५ प्रतिशत कर कट्टी गरिने आयोजकले जनाएको छ ।

३६ किमि दौड चाँगुनारायण मन्दिरबाट सुरु भई त्रिशुल डाँडा, तेलकोट, श्री पञ्च महालक्ष्मी मन्दिर, कार्तिके भ्यु प्वाइन्ट, नगरकोट भ्यु टावर, मुहान पोखरी, पानी मुहान र पाइपलाइन रोड हुँदै चाँगुनारायण नगरपालिकामा पुगेर समापन भएको थियो भने ७ किमि दौड भने चाँगुनारायण मन्दिरबाट सुरु भई त्रिशुल डाँडा हुँदै चाँगुनारायण नगरपालिकामा पुगेर टुंगिएको थियो ।

चाँगुनारायण नगरपालिकाको मेयर जीवन खत्रीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

यस्तै समापन समारोहमा बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ प्रमुख अथिति, सचिव दिपेन्द्र सुवेदी, राष्ट्रिय खेलकुद परिषद राखेपका कार्यकारी समितिका सदस्य भानु चन्द, राखेप बोर्ड सदस्य जगत धामी र सन्त कुमार महतो, फुल कन्ट्याक्ट कराते महासंघको अध्यक्ष सूर्य बुढाथोकी, प्रतियोगिताको प्रायोजक केएफसीका प्रतिनिधि सन्दीप कार्की र १४ पिक आउटडोर प्रतिनिधि विक्रम कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा र चाँगुनारायण नगरपालिका खेलकुदमा रघु केसी लगायतको उपस्थित थिए ।

चाँगुनारायण राष्ट्रिय ट्रेल रन राजन रोकाय सुनमाया बुढा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय