News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिताको नवौं संस्करणमा पुरुषतर्फ उज्ज्वल प्रधानाङ्ग र महिलातर्फ विपना श्रेष्ठले उपाधि जितेका छन्।
- प्रतियोगितामा १०५ महिला र पुरुष खेलाडीले भाग लिएका थिए र विजेताले पुरस्कारस्वरूप सुनको बल प्राप्त गरेका छन्।
- सिनियर विधिको ६० वर्ष माथिको इभेन्टमा विजय बहादुर श्रेष्ठले जित हात पारेका छन्।
१९ वैशाख, काठमाडौं । एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिताको नवौं संस्करणको उपाधि पुरुषतर्फ उज्ज्वल प्रधानाङ्ग र महिलातर्फ विपना श्रेष्ठले हात पारेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार भएको प्रतिस्पर्धामा प्रधानाङ्ग र श्रेष्ठले उपाधि हात पारेका हुन् ।
प्रधानाङ्गले ४० अंक र श्रेष्ठले ३७ अंक प्राप्त गरे ।
विजेताले पुरस्कारस्वरूप सुनको बल प्राप्त गरेका छन् ।
प्रतियोगिताको सिनियर विधाको रूपमा रहेको ६० वर्ष माथिको इभेन्टमा विजय बहादुर श्रेष्ठले जित हात पारे ।
प्रतियोगिताका विजेताहरूलाई कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान, प्रधानमन्त्री बालेन शाहकी श्रीमती (फस्ट लेडी) सबिना काफ्ले, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, द नेपाल डिस्टिलरीका सीइओ रमेश कृष्णनन, बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वार आचार्य, अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले संयुक्त रूपमा पुरस्कार वितरण गरे ।
प्रतियोगितामा महिला र पुरुष खेलाडी गरी १०५ जनाले सहभागिता जनाएका थिए ।
विशेष आकर्षणका रूपमा ‘होल इन वान’ भने यो वर्ष पनि कसैले प्राप्त गर्न नसकेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4