News Summary
Generated by OK AI. Editorially reviewed.- रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को उपाधि रुकुम पश्चिम भलिबल क्लब र नेपाल पुलिस क्लबले जितेका छन्।
- महिलातर्फ नेपाल पुलिस क्लबले टिपटप न्यु डायमन्डलाई ३-१ को सेटमा हराउँदै उपाधि रक्षा गरेको छ।
- पुरुषतर्फ रुकुम पश्चिमले हेल्प नेपाललाई ३-० को सेटमा हराउँदै पहिलो पटक उपाधि जितेको हो।
१९ वैशाख, काठमाडौं । रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को उपाधि रुकुम पश्चिम भलिबल क्लब र नेपाल पुलिस क्लबले जितेका छन् ।
शनिबार भएको फाइनलमा महिलातर्फ नेपाल पुलिस क्लबले टिपटप न्यु डायमन्डलाई ३-१ को सेटमा हरायो भने पुरुषतर्फ रुकुम पश्चिमले हेल्प नेपाललाई ३-० को सेटमा हरायो ।
दुवैले लिग चरणमा बेहोरेको हारको बदला फाइनलमा लिँदै उपाधिसहित नगद १० लाख रुपैयाँ जितेका छन् ।
रुकुमले साविक विजेता हेल्प नेपाललाई प्रतिस्पर्धात्मक खेलमा २९-२७, २५-२१, ३२-३० ले हराएर पहिलो पटक एनभीए भलिबल लिगको उपाधि जितेको हो ।
महिलातर्फ पुलिसले उपाधि रक्षा गर्ने क्रममा न्यु डायमन्डलाई २५-२१, १७-२५, २५-१३, २५-१९ ले हरायो । लिग चरणमा न्यु डायमन्डले पुलिसलाई पराजित गरेको थियो ।
प्रतिक्रिया 4