+

यति स्ट्राइकर्सले जित्यो गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिगको उपाधि

२०८२ चैत  १५ गते १३:२९ २०८२ चैत १५ गते १३:२९
यति स्ट्राइकर्सले जित्यो गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिगको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग सिजन–२ को उपाधि यति स्ट्राइकर्सले जितेको छ ।
  • फाइनलमा हिमालयन हिटलाई ११४ रनले पराजित गरेर उपाधि जितेको हो ।

१५ चैत, काठमाडौं । गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग सिजन–२ को उपाधि यति स्ट्राइकर्सले जितेको छ । अस्ट्रेलियाको गोल्ड कोस्टमा भएको उक्त प्रतियोगिताको फाइनलमा हिमालयन हिटलाई पराजित गर्दै स्ट्राइकर्सले उपाधि जितेको हो ।

स्ट्राइकर्सले दिएको २१७ रनको लक्ष्य पछ्याएको हिमालयन हीट १७औं ओभरमा १०२ रनमै अलआउट भयो । सुरुआत राम्रो गरेको हीटले लय कायम राख्न नसक्दा ११४ रनले पराजित हुन पुग्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्ट्राइकर्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१६ रन बनाएको थियो । स्ट्राइकर्सका लागि आयुष्मान बमले आक्रामक शतकीय ब्याटिङ गरे । उनले ८० बलमा १४३ रन बनाएर अविजित रहे । बिक्रम भुसालले ३४ बलमा ५३ रनको योगदान दिए ।

उपाधिसँगै स्ट्राइकर्सले ४ हजार अस्ट्रेलियन डलर हात पार्‍यो । उपविजेता बनेको हिमालयन हीटले २ हजार अस्ट्रेलियन डलरमा चित्त बुझायो । स्ट्राइकर्सका आयुष्मान बम सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

स्ट्राइकर्सकै बिक्रम भुसाल उत्कृष्ट ब्याटर र राजन खड्कीले उत्कृष्ट बलरको अवार्ड जिते ।

गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग यति स्ट्राइकर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय