News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियामा भएको बफेलो स्टेमपेड १०० किमी दौडमा नेपाली अल्ट्रा धावक मनकुमार मगरले पुरुष यू-२३ क्याटेगोरीमा दोस्रो स्थान हासिल गरे ।
- मनकुमारले १० घण्टा ३६ मिनेट ४५ सेकेण्डमा दौड पूरा गरी दोस्रो भए भने जर्ज नाइट ९ घण्टा ४५ मिनेट ०१ सेकेण्डमा पहिलो भए ।
- मनकुमारले गत फागुनमा एसिया ट्रेल मास्टर च्याम्पियनसिप फाइनल्स २०२६ अन्तर्गत दी ९ ड्रागन रेसमा पहिलो स्थान हात पारेका थिए ।
१५ चैत, काठमाडौं । अस्ट्रेलियामा भएको एक ट्रेल रेसमा नेपाली अल्ट्रा धावक मनकुमार मगरले दोस्रो स्थान हात पारेका छन् ।
अस्ट्रेलियामा सञ्चालन भएको बफेलो स्टेमपेड फेस्टिभल अन्तर्गत बफेलो स्टेमपेड १०० किमी दौडमा नेपालका मनकुमार मगर दोस्रो भएका हुन् ।
उनी पुरुष तर्फ यू-२३ क्याटेगोरीमा १० घण्टा ३६ मिनेट ४५ सेकेण्ड समय सहित दोस्रो भए । मनकुमार पछिल्लो समय नेपाली अल्ट्रा क्षेत्रमा सम्भावना भएका धावक हुन् ।
उनले गत फागुनमा एसिया ट्रेल मास्टर (एटीएम) च्याम्पियनसिप फाइनल्स २०२६ अन्तर्गत भएको दी ९ ड्रागन रेसमा पहिलो स्थान हात पारेका थिए ।
जर्ज नाइट ९ घण्टा ४५ मिनेट ०१ सेकेण्ड समय सहित दोस्रो भए । यस्तै बेन लिसन तेस्रो धए । उनले १० घण्टा ३८ मिनेट ५७ सेकेण्डमा दूरी पूरा गरे ।
बफेलो स्टेमपेड फेस्टिभल अन्तर्गत यस रेसलाई अस्ट्रेलियालाई ठूलो ट्रेल रनिङ इभेन्टको रुपमा लिइन्छ ।
प्रतिक्रिया 4