+

लाओस गइसकेपछि नेपाली फुटबल टोली घोषणा, अन्जन विष्ट अटेनन्

२०८२ चैत  १५ गते ९:३४ २०८२ चैत १५ गते ९:३४
लाओस गइसकेपछि नेपाली फुटबल टोली घोषणा, अन्जन विष्ट अटेनन्

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलका लागि शनिबार लाओस प्रस्थान गरिसकेको छ ।
  • अखिल नेपाल फुटबल संघलाई राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेपछि एन्फाले सुटुक्क टोली लाओस पठाएको थियो ।
  • गुग्लिएल्मो एरेनाको डेब्यु खेलमा पाँच नयाँ खेलाडी समावेश गरिएको टोली घोषणा गरिएको छ ।

१५ चैत, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा लाओस विरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल शनिबार लाओस प्रस्थान गरिसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेपछि एन्फाले सुटुक्क नेपाली टोलीलाई लाओस पठाएको थियो ।

शनिबारसम्म नेपालको अन्तिम टोली घोषणा गरिएको थिएन ।

लाओस गएपछि मात्रै एन्फाले आफ्नो फेसबुक पेजमा आइतबार बिहान नेपाली टोली घोषणा गरेको छ ।

गोलकिपर किरण चेम्जोङको कप्तानीमा घोषित टोलीमा नेपालक लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जन विष्ट भने अटाएनन् ।

नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाको डेब्यु खेलको रुपमा रहेको लाओस विरुद्धको खेलका लागि घोषित टोलीमा पाँच नयाँ अनुहार समेटिएका छन् ।

जसमा गोलकिपर योगेश धिमाल, मिडफिल्डर पेम्बा दोर्जे लामा र मिलन राई तथा फरवार्ड युवराज खड्का र रोमन भुजेल समावेश भएका छन् ।

योगेश र रोमनले राष्ट्रिय लिगमा प्लानिङ ब्वाइज युनाइटेडबाट खेलेका थिए यस्तै मिलन चर्च ब्वाइज र युवराज एपीएफका खेलाडी हुन् ।

एसियन कप छनोट अन्तर्गत नेपालले लाओस विरुद्धको खेल होम ग्राउण्डमा खेल्नुपर्ने थियो । तर पछिल्लो समय नेपालको दशरथ रंगशाला अयोग्ष बनेपछि अन्तर्राष्ट्रिय खेलहरु भएको छैन ।

त्यसमाथि अहिले खेलकुदको कार्यकारी निकाय राखेपले नै एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबलको अहिलेको अवस्था नै अन्योल बनेको छ ।

एसियन कप छनोटमा समूह एफमा रहेको नेपाल यसअघि नै एसियन कप पुग्ने होडबाट बाहिरिसकेको छ । यसअघि खेलेको पाँचै खेलमा नेपाल पराजित भएको थियो । तर मलेसियाले अयोग्य खेल खेलाएको भन्दै एएफसीले कारवाही गर्दै मलेसियाको नतिजा उल्टाएपछि नेपालले ३ अंक भने पाएको छ ।

एसियन कप छनोट नेपाली फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय