News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी एप र सम्बन्धित वेबसाइटहरूलाई बन्द गर्ने निर्णय गरेको छ ।
- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले १०० बुँदे शासकीय सुधार कार्यक्रम अन्तर्गत यो निर्णय स्वीकृत गरेको हो ।
- नेपालमा विदेशी सट्टेबाजी एप र वेबसाइटहरू पनि सञ्चालनमा छन् ।
१५ चैत, काठमाडौं । सरकारले नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी एप (बेटिङ एप) तथा सम्बन्धित वेबसाइटहरूलाई बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यक्रम अन्तर्गत सट्टेबाजी एप तथा सम्बन्धित वेबसाइटहरूलाई २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।
नेपालमा सट्टेबाजी गैरकानुनी मानिँदै आएपनि पछिल्लो समय मोबाइल एप र वेबसाइटहरुमार्फत तीव्र गतिमा यो चलिरहेको छ । नेपालमा विदेशी सट्टेबाजी एप र वेबसाइटहरु पनि सञ्चालनमा आइरहेको छ भने सामाजिक सञ्जालमा पनि बेटिङ सम्बन्धित विभिन्न पेजहरु बनाएर यसको प्रोमोशन भइरहेको छ ।
यस सम्बन्धी कानून स्पष्ट नभएकोले नियन्त्रण गर्नका लागि चुनौती बनिरहेको थियो ।
नेपालमा सञ्चालन हुने विभिन्न खेलकुद इभेन्टहरुमा सट्टेबाजीमा संलग्न भएका व्यक्तिहरु भने प्रहरीद्वारा प्रक्राउ पर्दै आएका थिए ।
प्रतिक्रिया 4