News Summary
Generated by OK AI. Editorially reviewed.- युवा क्रिकेट खेलाडी हिक्मत महरा आमा इन्टरनेशनल एजुकेशन सोलुसन्सको गूडविल एम्बासडर नियुक्त भएका छन् ।
- आमा इन्टरनेशनलले महरासँग दुई वर्षका लागि सम्झौता गरेको छ भने उनले आगामी दिनमा थप अभ्यासका लागि सहयोग पाउनेछन् ।
- सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी महरा हाल भारतको नोएडास्थित हर्ष पवारको एकेडेमीमा क्रिकेट अभ्यास गरिरहेका छन् ।
१५ जेठ, काठमाडौं । युवा खेलाडी हिक्मत महरा आमा इन्टरनेशनल एजुकेशन सोलुसन्सको गूडविल एम्बासडर नियुक्त भएका छन् ।
आमा इन्टरनेशनलले शुक्रबार हिक्मतसँग दुई वर्षका लागि सम्झौता गरेको हो । संस्थाका निर्देशक धीरज भट्टले हिक्मत हाल भारतको नोएडामा अभ्यास गरिरहेका र आगामी दिनमा थप अभ्यासका लागि सहयोग आवश्यक हुने भएकाले उनलाई सहयोगको हात अघि बढाइएको बताएका छन् ।
हिक्मत महराले पनि आफ्नो अभ्यासमा सहयोग पाउँदा खुसी व्यक्त गरेका छन् । हिकमत हाल नोएडास्थित हर्ष पवारको एकेडेमीमा अभ्यास गरिरहेका छन् ।
हिक्मतलाई सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनमा आइकोनिक खेलाडीका रूपमा छनोट गरेको थियो ।
उनले वर्ल्डलिंकको ‘बिट द स्पिड’ दोस्रो सिजनमा विजेता बन्दै भारतको एनसीएमा रोहित शर्मा र केएल राहुललाई समेत बलिङ गर्ने अवसर पाएका थिए ।
प्रतिक्रिया 4