+

काभा महिला भलिबल च्याम्पियनसिप : नेपाललाई हराएर भारत तेस्रो

२०८३ जेठ  १५ गते १५:४८ २०८३ जेठ १५ गते १५:४८
काभा महिला भलिबल च्याम्पियनसिप : नेपाललाई हराएर भारत तेस्रो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभा महिला भलिबल च्याम्पियनसिपको तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाललाई ३-१ सेटले पराजित गरेको छ ।
  • भारतसँग पराजित भएसँगै आठ टोली सहभागी यस प्रतियोगितामा नेपाल चौथो स्थानमा सीमित भएको छ ।
  • यस प्रतियोगितामा नेपाल भारतसँग दोस्रो पटक पराजित भएको हो भने यसअघि समूह चरणमा पनि ३-२ सेटले हारेको थियो ।

१५ जेठ, काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा भारत तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा भारतले नेपाललाई ३-१ सेटमा हरायो ।

यो हारपछि ८ टोली सहभागी च्याम्पियनसिपमा नेपाल चाैथो भएको छ । भारतले सुरुवाती दुई सेट २५-२२ र २५-२३ ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो ।

तर तेस्रो सेटमा नेपालले पुनरागमन गर्यो । नेपालले सुरु देखि नै अग्रता बनाउँदै तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पार्यो । तर चाैथो सेट भारतले २५-२२ ले जित्दै खेल जितेको हो ।

यस प्रतियोगितामा नेपाल दोस्रो पटक भारतसँग पराजित भएको हो । समूहको पहिलो खेलमै नेपाल भारतसँग ३-२ ले पराजित भएको थियो ।

समूह चरणको हारको बदला लिने नेपालको लक्ष्य पूरा हुन सकेन ।

काभा महिला भलिबल च्याम्पियनसिप नेपाली महिला भलिबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय