+

एसीसी महिला प्रिमियर कप : नेपाल समूह ‘डी’ मा

२०८३ जेठ  १५ गते १६:११ २०८३ जेठ १५ गते १६:११
एसीसी महिला प्रिमियर कप : नेपाल समूह ‘डी’ मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन क्रिकेट काउन्सिलले एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह विभाजन र खेलतालिका सार्वजनिक गरेको छ ।
  • सार्वजनिक खेलतालिका अनुसार नेपाल समूह 'डी' मा परेको छ भने यस समूहमा हङकङ, भुटान र कतार रहेका छन् ।
  • नेपालले आफ्नो पहिलो खेल ३ जुनमा कतारसँग, दोस्रो खेल ४ जुनमा भुटानसँग र तेस्रो खेल ६ जुनमा हङकङसँग खेल्नेछ ।

१५ जेठ, काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह विभाजन र खेलतालिका सार्वजनिक भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले शुक्रबार समूह विभाजन र खेलतालिका सार्वजनिक गरेको हो । विभाजन अनुसार नेपाल समूह ‘डी’ मा परेको छ ।

यस समूहमा नेपालसँगै हङकङ, भुटान र कतार छन् । समूह ‘ए’ मा थाइल्यान्ड,म्यानमार, जापान, बहराइन र मंगोलिया छन् ।

समूह ‘बी’ मा यूएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरेबिया छन् । समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर छन् ।

नेपालले आफ्नो पहिलो खेल ३ जुनमा कतारसँग खेल्नेछ । त्यसपछि नेपालले ४ जुनमा भुटानसँग खेल्नेछ ।

नेपालले आफ्नो तेस्रो खेल ६ जुनमा हङकङसँग खेल्नेछ । हरेक समूहबाट शीर्ष २ टोलीहरू क्‍वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

क्वाटरफाइनलका विजेताहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् भने त्यही चार टोली एसिया कपका लागि पनि छनोट हुनेछन् ।

एसीसी महिला प्रिमियर कप एसीसी वुमेन्स प्रिमियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय