News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण २८ फागुन आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा हुने भएको छ।
- प्रतियोगितामा एक सय बढी महिला खेलाडीले प्रतिस्पर्धा गर्ने र अनरेटेड खेलाडीको उत्सवको रुपमा सञ्चालन हुने बताइएको छ।
- हिमालयन चेस एकेडेमी र प्रप्स नेपालबीच महिला चेसलाई प्रवर्द्धन गर्न सहकार्य सम्झौता भएको छ।
२८ फागुन, काठमाडौं । हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा हुने भएको छ । विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
आयोजक हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडे कमिसन फर वुमेन्स चेससँगको पार्टनरसिपमा मार्च महिनामा विश्वभरि प्रतियोगिता भइरहेको छ । त्यसै अन्तर्गत नेपालको एकमात्र प्रतियोगिता हामी आयोजना गर्दैछौं । चेसमा नयाँलाई अवसर दिन अनरेटेड खेलाडीको उत्सवको रुपमा सञ्चालन हुने एक दिने प्रतियोगितामा करिब एक सय खेलाडी सहभागी हुनेछन् ।’ बिहीबारसम्म ५० खेलाडी दर्ता भइसकेको पनि उनले बताइन् ।
नेपालमा महिला खेलाडीले मात्रै सहभागी हुन पाउने तेस्रो प्रतियोगिता आयोजनाको लागि एकेडेमीले प्रप्स नेपालसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा एकेडेमीकी संस्थापक खम्बू र प्रप्स नेपालकी प्रमुख दीपा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
श्रेष्ठले भनिन्, ‘नेपालमा महिला चेसलाई उत्सवको रुपमा मनाउने प्रयासमा मूर्तरुप दिन हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेका छौं । हामी क्वीन्स ग्याम्बिटलाई भव्य बनाउनेछौं ।’
गत वर्ष आयोजित पहिलो संस्करणमा पाँच वर्षदेखि ६७ वर्षसम्मका एक सय ४२ अनरेटेड खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जुन संख्या नेपाली महिला चेसकै कीर्तिमान हो । यसपाली शीर्ष आठसँगै यू-७, यू १०, यू १३ यू १६ र ५० वर्षमाथि उमेर समूहका विजेतालाई पनि पुरस्कार दिइने छ । उत्कृष्ट तीन स्कुल र पाँच खेलाडीलाई स्पेसर अवार्ड्स पनि प्रदान गरिनेछ ।
शनिबार (१४ मार्च) मा दोस्रो वार्षिकोत्सव मनाउने तयारीमा रहेको देशकै पहिलो चेस एकेडेमीले ब्लिट्ज, र्यापिड, क्लासिकल चेस र पजल सोल्भिङ कन्टेस्ट गरी १३ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।
एकेडेमीले काठमाडौं ११ थापाथलीस्थित आफ्नै हलमा फिडे मास्टर रिजेन्द्र राजभाण्डारी, इन्टरनेसनल मास्टर अतनु लहिरी (कमनवेल्थ चेस च्याम्पियन), याइशाष यासिर खम्बूसहितले चार वर्षदेखिका बालबालिकासहितलाई नियमित प्रशिक्षण दिदै आएको छ । उसले इभेन्ट म्यानेजमेन्टसँगै अनलाइन क्लास पनि सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया 4