News Summary
Generated by OK AI. Editorially reviewed.- आइसीसी टी–२० क्रिकेट विश्वकप माघ २४ गतेदेखि नेपालभर स्टीक्स नेपाल डिजिटल प्लाटफर्ममार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ।
- स्टीक्स नेपाल नेपालकै पहिलो खेलकुद केन्द्रित ओटीटी प्लेटफर्म हो र यसले सबै खेलहरू मोबाइल र स्मार्ट डिभाइसबाट हेर्न सकिने बनाएको छ।
- स्टीक्स नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईले आगामी दिनमा थप स्वदेशी तथा अन्तर्राष्ट्रिय खेल सामग्री समेटिने जानकारी दिनुभएको छ।
१६ माघ, काठमाडौं । आइसीसी टी–२० क्रिकेट विश्वकप माघ २४ गतेदेखि नेपालभर डिजिटल प्लाटफर्म स्टीक्स नेपालमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ। प्रतियोगिताका सबै खेल नेपाली दर्शकहरूले मोबाइल, ट्याब्लेट र अन्य स्मार्ट डिभाइसबाट सजिलै हेर्न सक्नेछन्।
नेपालकै पहिलो खेलकुद केन्द्रित ओटीटी प्लेटफर्मका रूपमा स्टीक्स नेपाल औपचारिक रूपमा सञ्चालनमा आएको हो। यस प्लाटफर्ममार्फत दर्शकहरूले टी–२० विश्वकपका सबै खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन् ।
स्टीक्स नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईका अनुसार डिजिटल माध्यमबाट नेपाली दर्शकसम्म अन्तर्राष्ट्रिय खेलकुद सामग्री पुर्याउने उद्देश्यसहित प्लेटफर्म सुरु गरिएको हो। आगामी दिनमा थप स्वदेशी तथा अन्तर्राष्ट्रिय खेल सामग्रीसमेत समेटिने उनले बताएका छन्।
स्टीक्स नेपाल एन्ड्रोइड, आईओएस तथा अन्य स्मार्ट डिभाइसमा उपलब्ध हुनेछ।
प्रतिक्रिया 4