+

खुशी डंगोल बनिन् ‘फेस अफ कर्पोरेट टी-१० लिग’

२०८३ वैशाख  ३ गते २०:०६ २०८३ वैशाख ३ गते २०:०६
खुशी डंगोल बनिन् ‘फेस अफ कर्पोरेट टी-१० लिग’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खुशी डंगोललाई काठमाडौं स्पोर्ट्स एन्ड एभेन्ट्स प्रालिले आयोजना गर्न लागेको कर्पोरेट टी-१० लिगको 'फेस' अफ कर्पोरेट टी-१० नियुक्त गरेको छ।
  • खुशी डंगोलले सन् २०१७ देखि क्रिकेट खेल्न सुरु गरेकी हुन् र २०२३ अगस्टमा नेपालबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन्।
  • कर्पोरेट टी-१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ र विभिन्न कर्पोरेट टिमहरू सहभागी हुनेछन्।

३ वैशाख, काठमाडौं । काठमाडौं स्पोर्ट्स एन्ड एभेन्ट्स प्रालिद्वारा आयोजना हुन लागेको कर्पोरेट टी-१० लिगका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टी-१० नियुक्त भएकी छन् । बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा उनलाई ‘फेस’ अफ कर्पोरेट टि-१० घोषणा गरिएको हो।

खुशी डंगोलले सन् २०१७ देखि क्रिकेट खेल्न सुरु गरेकी हुन्। उनले अगस्ट २०२३ मा नेपालको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यू गरेकी थिइन् । कुवेतविरुद्धको डेब्यु खेलमा उनले पहिलो बलमै विकेट लिएर विश्वकै चौथो तथा नेपालको पहिलो महिला खेलाडीको रूपमा इतिहास रचेकी थिइन् ।

उनले २०१९ को प्रधानमन्त्री कपमा एक रन पनि नदिई ५ विकेट लिएर ऐतिहासिक कीर्तिमान रचेकी थिइन् । हालसम्म उनले १० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् ।

कार्यक्रममा बोल्दै खुशी डंगोलले आफू ‘फेस’ अफ कर्पोरेट टि-१० बन्न पाउँदा निकै उत्साहित र गर्व महसुस भएको बताइन् । उनले यस्तो प्लाटफर्मले महिला खेलाडीहरूलाई थप अवसर प्रदान गर्ने र क्रिकेटमा महिलाको सहभागिता अझ सशक्त बन्ने विश्वास व्यक्त गरिन् ।

उनले कर्पोरेट टी-१० जस्ता लिगहरूले कार्यालयमा व्यस्त रहने कर्मचारीहरूलाई पनि खेलमार्फत रमाइलो र रिफ्रेस हुने अवसर प्रदान गर्ने बताइन् । उनले कर्पोरेट क्षेत्र र क्रिकेटबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास समेत लिएकी छन् । साथै, उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई शुभकामना दिइन् ।

उक्त कार्यक्रममा काठमाडौं स्पोर्ट्स एन्ड एभेन्ट्स प्रालिका निर्देशक ज्योति भण्डारीले खुशी डंगोललाई ‘फेस’ अफ कर्पोरेट टी-१० को रूपमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे ।

उनले भने, ‘खुशीजस्तो प्रतिभाशाली खेलाडी हाम्रो लिगसँग जोडिनु हाम्रो लागि गर्वको विषय हो । उनको उपस्थितिले लिगमा अझ आकर्षण, ऊर्जा र प्रेरणा थप्नेछ ।’

उनले भविष्यमा महिला र पुरुष दुवैको समान सहभागितालाई प्राथमिकता दिने योजना रहेको पनि बताए ।

कर्पोरेट टी–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ।

खुशी डंगोल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय