News Summary
Generated by OK AI. Editorially reviewed.- डब्लुबीसी डब्लुबीएका पूर्व विश्व च्याम्पियन केइथ थर्मनले ललितपुरको इमाडोलमा नेपालको पहिलो व्यावसायिक बक्सिङ क्लब म्याक्सबक्सिङ क्लबको उद्घाटन गरेका छन्।
- नेपाल प्रो बक्सिङ आयोगका अध्यक्ष राजन प्रजापतिले थर्मनलाई आयोगको मानार्थ सल्लाहकार नियुक्त गर्दै विशेषाधिकारको टि-शर्ट प्रदान गरेका छन्।
- म्याक्स बक्सिङ प्रमोशनका एमडी मुक्ति थापाले थर्मनलाई बुद्धको मूर्ति प्रदान गर्दै क्लबमा स्वागत गरेका छन्।
२१ वैशाख, काठमाडौं । डब्लुबीसी डब्लुबीएका पूर्व विश्व च्याम्पियन केइथ थर्मनले नेपालमा पहिलो व्यावसायिक बक्सिङ क्लबको उद्घाटन गरेका छन् ।
पूर्व विश्व च्याम्पियन डब्लुबीसी डब्लुबीए वेल्टरवेट च्याम्पियन थर्मनले आइतबार ललितपुरको बागिचा पार्टी प्यालेस इमाडोल २ मा नेपालको पहिलो व्यावसायिक बक्सिङ क्लब, म्याक्सबक्सिङ क्लबको औपचारिक उद्घाटन गरेका हुन् ।
नेपाल प्रो बक्सिङ आयोग (कमिसन)का अध्यक्ष राजन प्रजापति र म्याक्स बक्सिङ प्रमोशनका एमडी मुक्ति थापाले थर्मनलाई क्लबमा स्वागत गरेका थिए ।
नेपाल प्रो बक्सिङ आयोगका अध्यक्षले प्रजापतिले थर्मनलाई नेपाल प्रो बक्सिङ आयोगको विशेषाधिकारको टि-शर्ट प्रदान गर्दै उनई नेपाल प्रो बक्सिङ आयोगको मानार्थ सल्लाहकारको रूपमा नियुक्त गरेको आयोगले जनाएको छ ।
म्याक्स बक्सिङ प्रमोशनका एमडीले थर्मनलाई बुद्धको मूर्ति प्रदान गरे ।
प्रतिक्रिया 4