+

हार्डीको अलराउन्ड प्रदर्शनमा पेशावरले जित्यो पाकिस्तान सुपर लिगको उपाधि

२०८३ वैशाख  २१ गते ११:३३ २०८३ वैशाख २१ गते ११:३३
हार्डीको अलराउन्ड प्रदर्शनमा पेशावरले जित्यो पाकिस्तान सुपर लिगको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पेशावर जाल्मीले पाकिस्तान सुपर लिग २०२६ को फाइनलमा हैदराबाद किङ्समेनलाई पराजित गर्दै दोस्रोपटक उपाधि जितेको छ।
  • अस्ट्रेलियन अलराउन्डर आरोन हार्डीले बलिङमा ४ ओभरमा २७ रन दिएर ४ विकेट लिएर र ब्याटिङमा अविजित ५६ रन बनाएर जीतमा मुख्य भूमिका खेले ।
  • हैदराबाद किङ्समेनले सिजनको सुरुवाती चार खेल हारे पनि प्लेअफमा पुगेर पीएसएल इतिहासमै पहिलो पटक यस्तो उपलब्धि हासिल गरेको छ ।

२१ वैशाख, काठमाडौं । पेशावर जाल्मीले पाकिस्तान सुपर लिग २०२६ को उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा हैदराबाद किङ्समेनलाई ५ विकेटले पराजित गर्दै पेशावरले दोस्रोपटक उपाधि जितेको हो ।

पेशावरको जितमा अस्ट्रेलियन अलराउन्डर आरोन हार्डी नायक बने । उनले बलिङतर्फ करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए । उनको बलिङले हैदराबादलाई मात्र १२९ रनमा समेट्न मद्दत पुग्यो । यो पीएसएल फाइनल इतिहासकै सबैभन्दा कम योगफल पनि हो ।

जवाफी ब्याटिङमा हार्डीले अविजित ३९ बलमा ५६ रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याए ।

पहिले ब्याटिङ गरेको हैदराबादले राम्रो सुरुआत गरेको थियो । पावरप्लेमै २ विकेट गुमाएर ६९ रन बनाएको टोलीका लागि साइम अयुबले ५० बलमा ५४ रन बनाए भने मार्नस लाबुशेनले २० रनको योगदान दिए ।

तर त्यसपछि किंग्समेनको इनिङ्स एक्कासी धराशायी बन्यो । आठ बलको अन्तरमा चार विकेट गुमाउँदा दुई रनआउट समेत भएका थिए, जसले टोलीको लय पूर्ण रूपमा बिगार्यो ।

डेथ ओभरमा हार्डीले अयुबसहित महत्वपूर्ण विकेट लिँदा हैदराबादले कुनै ठूला साझेदारी बनाउन सकेन र कम स्कोरमै समेटियो ।

जवाफमा पेशावर जाल्मीको सुरुवात पनि राम्रो रहेन । टोली ४० रनमा ४ विकेट गुमाएर दबाबमा परेको थियो । मोहम्मद अलीले सुरुवातमै महत्वपूर्ण विकेट लिएका थिए ।

तर हार्डी र अब्दुल समदले ८५ रनको महत्वपूर्ण साझेदारी गर्दै खेल जाल्मीको पक्षमा मोडे । समदले ३४ बलमा आक्रामक ४८ रन बनाए भने हार्डीले संयमित इनिङ्स खेल्दै अन्त्यसम्म टिके । समद आउट भए पनि जाल्मीले अर्को ओभरमै लक्ष्य पूरा गर्दै उपाधि जित्यो ।

यससँगै पेशावर जाल्मीले २०१७ पछि दोस्रोपटक पीएसएल उपाधि जित्दै बहुविजेता टोली बन्न सफल भयो । यसअघि इस्लामाबाद युनाइटेड र लाहोर कलन्दर्सले मात्र एकभन्दा बढी उपाधि जितेका छन् ।

पराजित भए पनि हैदराबादको यात्रा ऐतिहासिक रह्यो । सिजनको सुरुआती चार खेल हारेपछि पनि प्लेअफमा पुग्ने पीएसएल इतिहासकै पहिलो टोली बन्यो ।

पाकिस्तान सुपर लिग पेशावर जाल्मी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय