+

म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

२०८३ वैशाख  २१ गते ११:३० २०८३ वैशाख २१ गते ११:३०
म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई ३–२ ले हराउँदै दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाएको छ।
  • युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शीर्ष ४ मा पक्कापारी च्याम्पियन्स लिगका लागि छनोट भएको हो।
  • अन्तरिम प्रशिक्षक माइकल क्यारिकको नेतृत्वमा युनाइटेडले १४ खेलमा १० जित, २ हार र २ बराबरी गरेको छ।

२१ वैशाख, काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाएको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको लिभरपुलसँगको खेलमा जित निकाल्दै युनाइटेडले शीर्ष ४ मा फिनिस गर्ने पक्का गरेर च्याम्पियन्स लिगका लागि छनोट भएको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको रोमाञ्चक खेलमा युनाइटेडले लिभरपुललाई ३–२ ले हरायो । खेलको सुरुवातबाटै आक्रामक देखिएको युनाइटेडले छैटौं मिनेटमा माथिउस कुन्हा र १४औं मिनेटमा बेन्जामिन सेस्कोको गोलमार्फत पहिलो हाफमै २–० को अग्रता बनाएको थियो ।

तर दोस्रो हाफ सुरु हुनेबित्तिकै लिभरपुलले खेलमा फर्कने संकेत दियो । ४७औं मिनेटमा डोमिनिक सोबोस्लाई र ५६औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

खेल अन्त्यतिर नाटकीय बन्यो । ७७औं मिनेटमा कोबी माइनुले निर्णायक गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाए ।

हालै पाँच वर्षे नयाँ सम्झौता गरेका माइनुले निर्णायक गोल गर्दै टोलीलाई च्याम्पियन्स लिगमा फर्काएका हुन् । यसअघि पूर्व प्रशिक्षक रुबेन अमोरिमको समयमा उनले लिगमा सुरुवाती रोजाइमा स्थान पाएका थिएनन् ।

यस जितसँगै युनाइटेडले सन् २०१५–१६ पछि पहिलोपटक लिभरपुलमाथि लिग डबल पनि पूरा गरेको छ ।

यता अन्तरिम प्रशिक्षककोफ रूपमा आएका माइकल क्यारिकले भने ठूला क्लबहरूमाथि लगातार जित निकाल्दै स्थायी प्रशिक्षक बन्ने दाबी बलियो बनाएका छन् ।

उनको आगमनपछि युनाइटेडले १४ खेलमा १० जित, २ हार र २ बराबरीको नतिजा निकालेको छ ।

म्यान्चेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय