+

इन्टरले २१औं पटक जित्यो सिरी ए को उपाधि

२०८३ वैशाख  २१ गते ११:३१ २०८३ वैशाख २१ गते ११:३१
इन्टरले २१औं पटक जित्यो सिरी ए को उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टर मिलानले २१औं पटक इटालियन सिरी ए को उपाधि जितेको छ।
  • इन्टरले पार्मालाई २-० ले पराजित गर्दै ३ खेल बाँकी छँदै उपाधि पक्का गरेको हो।
  • मार्कुस थुराम र हेनरिक मिखातर्‍यानले समान एक-एक गोल गरेका थिए।

२१ वैशाख, काठमाडौं । इन्टर मिलानले २१औं पटक इटालियन सिरी ए को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पार्मालाई २-० ले पराजित गर्दै इन्टरले ३ खेल बाँकी छँदै उपाधि पक्का गरेको हो ।

सान सिरोमा भएको खेलमा इन्टरका लागि मार्कुस थुराम र हेनरिक मिखातर्‍यानले समान एक गोल गरे । थुरामले पहिलो हाफमा इन्जुरी टाइममा गोल गर्दै अग्रता दिलाएका थिए भने मिखातर्‍यानले ८०औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।

यो जितपछि शीर्ष स्थानको इन्टरले दोस्रो स्थानको नापोलीमाथि १२ अंकको अग्रता बनाएको छ । इन्टरले ३५ खेलबाट ८२ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको नापोलीको ३५ खेलबाट ७० अंक छ ।

नापोलीले बाँकी खेल जितेर इन्टरले बाँकी खेलमा हार बेहोरेपछि इन्टरलाई उछिन्न सक्दैन । सन् २०२४ मा च्याम्पियन बनेको इन्टरले एक सिजनपछि नै लिग उपाधि जितेको हो ।

इन्टर सर्वाधिक सिरी ए उपाधि जित्नेमा दोस्रो स्थानमा छ । युभेन्ट्सले सर्वाधिक ३६ पटक सिरी ए उपाधि जितेको छ भने एसी मिलानले १९ पटक उपाधि जितेर तेस्रोमा छ ।

इटालियन सिरी ए इन्टर मिलान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय