+

युवराज र चाहना विश्व ट्रायथलन सेमिनारमा सहभागी हुन कोरिया जाने

२०८३ भदौ  ३ गते १८:२२ २०८३ भदौ ३ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवराज सुनुवार र चाहना शाहले भदौ ५ देखि ७ गतेसम्म कोरियामा हुने सोल विश्व ट्रायथलन टेक्निकल अफिसियल्स र इभेन्ट अर्गनाइजर्स लेभल २ सेमिनार २०२६ मा सहभागिता जनाउने भएका छन्।
  • नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बुधबार युवराज र चाहनालाई शुभकामनासहित विदाइ गरेका छन्।
  • विदाइ कार्यक्रममा कोषाध्यक्ष निरज श्रेष्ठ, बागमती प्रदेश ट्रायथलन संघका अध्यक्ष ज्ञानकृष्ण प्रजापति र लेभल टु प्रशिक्षक सानुभाइ पौडेलको पनि उपस्थिति थियो।

३ भदौ, काठमाडौँ । युवराज सुनुवार र चाहना शाहले सोल विश्व ट्रायथलन टेक्निकल अफिसियल्स र इभेन्ट अर्गनाइजर्स लेभल २ सेमिनार २०२६ मा सहभागिता जनाउने भएका छन् ।

कोरिया ट्रायथनल महासंघको आयोजनामा हुने सो सेमिनार भदौ ५ देखि ७ गतेसम्म हुनेछ । नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले कोरिया जाने टेक्निकल अफिसरद्वय युवराज र चाहनालाई बुधबार शुभकामनासहित विदाइ गरे ।

सो विदाई कार्यक्रममा नेपाल ट्रायथलन संघका कोषाध्यक्ष निरज श्रेष्ठ, बागमती प्रदेश ट्रायथलन संघका अध्यक्ष ज्ञानकृष्ण प्रजापति, र लेभल टु प्रशिक्षक सानुभाइ पौडेलको पनि उपस्थिति रहेको थियो ।

विश्व ट्रायथलन टेक्निकल इभेन्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय