Comments Add Comment

बिविध

List Grid
राष्ट्रिय खेलकुद विकास नियमावलीको प्रारम्भिक मस्यौदा बुझाइयो

२ चैत, काठमाडाै‌ । राष्ट्रिय खेलकुद विकास नियमावली-२०७७ को प्रारम्भिक मस्यौदा बुझाइएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५४ ले दिएको अधिकार बमोजिम नियमावलीकाे प्रारम्भिक मस्यौदा बुझाइएको हाे । युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकालको संयोजकत्वमा विज्ञ रिमबहादुर रानाभाट, खेलकुद शाखाका उपसचिव प्रेमराज खरेल, आर्थिक महाशाखाका उपसचिव रामप्रसाद बिडारी, […]

प्रिन्स र अनुमायाले जिते साइनो मेयर कपको उपाधी

१ चैत, काठमाडौं । प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् । पुरुष एकलतर्फ सिल्क ग्रुपका प्रिन्स दाहालले एपीएफका दिपेश धामीलाई २३-२१, २१-१८ को सेटमा पराजित गरे । दाहालले ५० हजार र धामीले ३० हजार रुपैयाँ पाए । सेमिफाइनल […]

गोल्डेन एथ्लेटिक्स मिट : महिला ८ सय मिटर दौडमा सबै खेलाडी डिस्क्वालिफाइड

  १ चैत, काठमाडौं । धादिङकी सन्तोषी श्रेष्ठ र एपीएफका चन्द्रबहादुर पुन मगर शनिबार भएको गोल्डेन एथ्लेटिक्स मिटको ‘उत्कृष्ट खेलाडी’ घोषित भए । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला एथ्लेटिक्स संघको संयुक्त आयोजना तथा प्रो स्पोर्ट्स प्रालिको संयोजनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको मिटमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ चन्द्र उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यस्तै जुनियरतर्फ गर्ल्समा रेश्मा सुवेदी […]

नेपाल सुपर लिग फ्रेन्चाइज फुटबलको टिम मालिक र टिम घोषणा आज हुँदै

१ चैत, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपाल सुपर लिग (एनएसएल) को टिम र मालिकको घोषणा आज हुँदैछ । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले पाँच तारे होटलमा कार्यक्रम गर्दै शहरको नाममा टिम र टिम मालिकको घोषणा गर्न लागेको हो । सोल्टी होटलमा २ बजे हुने कार्यक्रमबाट ७ शहरको नामबाट ७ टिम र […]

साइनो मेयर कप ब्याडमिन्टन : दीपेश, विष्णु र प्रिन्स अन्तिम आठमा

२८ फागुन, काठमाडौं । एपीएफका दीपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन् । शुक्रबार सम्पन्न खेलमा दीपेशले सेनाका सन्तोष पनेरुलाई २१-१४, २१-१२ को सहज जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । यस्तै प्रतियोगिताका दोश्रो वरीयता […]

गोकर्णेश्वर नगर स्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता शनिबार हुने

२८ फागुन, काठमाडौ । गोकर्णेश्वर नगरपालिकाको आयोजना, गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन तथा इस्टपोल उच्च माविको सहआयोजनामा शनिबार गोकर्णेश्वर नगर तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबार एकदिने प्रतियोगिता हुने जानकारी दिएको हो । गोकर्णेश्वर नगरपालिकामा छरिएर रहेका तेक्वान्दो खेलाडीको वृद्धि र विकासका लागि छनोट प्रतियोगिता आयोजना […]

प्रदेशस्तरीय बास्केटबल क्लोज क्याम्प

२६ फागुन,बुटवल । लुम्बिनी प्रदेशका १७ वर्षमाथिका बास्केटबलका खेलाडीहरुलाई बुटवलमा तीन हप्ते प्रशिक्षण दिइएको छ । रुपन्देही बास्केटबल संघको आयोजनामा ‘क्लोज क्याम्प’ नाममा भएको प्रतियोगितात्मक प्रशिक्षणमा प्रदेशका विभिन्न जिल्लाबाट ५६ जना खेलाडी र १७ जना प्रशिक्षक सहभागी भएका थिए । प्रतियोगितामा पुरुषतर्फ सचिन भण्डारी, अंकित सुनाम र सिमान्त थापा प्रथम, सौरभ श्रीसमगर, नवीन थापा र […]

नारी दिवसमा फुटबलर निरु थापा सम्मानित

२४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीकी पूर्व कप्तान निरु थापालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाली फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै पूर्वकप्तान तथा नेपाल पुलिस क्लबकी खेलाडी निरुलाई एन्फाले सोमबार सम्मान गरेको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महिला कमिटी संयोजक पेमा लामा, राखेप बोर्ड […]

जोशी र अधिकारी सम्मानित

२४ फागुन, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा सोमबार विमला जोशी अमात्य र भवानी अधिकारी पोख्रेललाई सम्मान गरेको छ । नेपाली खेलकुदमा पुर्‍याएको योगदानका लागि उनीहरूलाई सम्मान गरिएको हो । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले १ सय ११ औं महिला दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान […]

मेयर कप ब्याडमिन्टन : दिवससँग पराजित हुँदै विवेक बाहिरिए

२१ फागुन, भाेजपुर । लामो समय पश्चात कोर्टमा फर्किएका भोजपुरका विवेक श्रेष्ठको यात्रा सेमिफाइनलमै समाप्त भएकाे छ । पूर्वजुनियर च्याम्पियन श्रेष्ठ भोजपुरमा जारी प्रदेश नं. १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष सेमिफाइनलमा पाँचथरका दिवस शंकरसँग १९-२१, ८-२१ ले पराजित हुन पुगे । अब उपाधिका लागि दिवसले आफ्नै जिल्लाका एसिया जवेगुसँग प्रतिस्पर्धा गर्ने छन् । […]

सागका बक्सिङ पदक विजेता सम्मानित

१९ फागुन, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बक्सिङ खेलका पदक विजेता खेलाडी बुधबार सम्मानित भएका छन् । वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा १३औं सागका पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो । सागका स्वर्ण विजेतालाई १० हजार, रजत पदक विजेता खेलाडीलाई सात हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही […]

सैनामैनामा प्रथम मेयर कप ब्याडमिन्टन हुँदै

१९ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा प्रथम मेयरकप बी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा दुधराक्ष युवा क्लबको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता हुन लागेको हो । सैनामैना–६ स्थित दुधराक्ष ब्याडमिन्टन क्लबको कोर्टमा सञ्चालन हुने मेन्स डबल्स प्रतियोगितामा ३० समूहको सहभागिता रहने क्लबका अध्यक्ष विष्णु पाण्डेले जानकारी दिए । प्रतियोगिताको विजेताले […]

भोजपुर मेयरकप ब्याडमिन्टन बुधबारदेखि

१८ फागुन, भोजपुर । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं पूर्वराष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले जानकारी दिए । भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा […]

विरेन स्मृति बिटी कप : बुधबारदेखि दोस्रो चरणका खेल

पोखरा, १८ फागुन । पोखरामा जारी ‘चौथोे विरेन स्मृति १४ औं बिटी कप सेभेन ‘ए’ साइड नकआउट अन्तरक्लब फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सम्पन्न भएका छन् । पोखराको पुरानो टुँडिखेल मैदानमा मंगलबार भएको पहिलो खेलमा भीमकाली क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एम फाइभ दोस्रो चरणमा प्रवेश गरेको छ । एम फाइभको जितमा मिलन थापामगर र […]

ब्ल्याक बक खुला क्लब क्रिकेट प्रतियोगिता चैतमा आयोजना हुने

१८ फागुन, काठमाडौं । प्लाइ तानसेन तथा एनजीजीसी को आयोजनामा आगामी चैत ११ गते देखि कीर्तिपुरमा ‘ब्ल्याक बक खुला क्लब क्रिकेट टि-२० प्रतियोगिता’ आयोजना हुने भएको छ । आयोजकले मंगलबार प्रत्रकार सम्मेलन गर्दै प्रतियोगिताको घोषणा गरेको हो । नकआउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा देशभरका विभिन्न शहरका करिब २० वटा टोलीले सहभागिता जनाउने प्रतियोगिता संयोजक सुमन […]

गणेशमान सिंह बक्सिङ सोमबारदेखि

१६ फागुन, काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु हुने भएको छ । यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष […]

प्रथम एसियाली खेलकुदमा सहभागी भएका गजराज जोशीको जीवनीमा पुस्तक लेखिने

१६ फागुन, काठमाडौं । नेपालले सन् १९५१ मा भारतको नयांदिल्लीमा भएको प्रथम एसियाली खेलकुदमा भाग लिएका नेपाली खेलाडी गजराज जोशीको जीवनीमा आधारित पुस्तक लेखिने भएकोछ । सन् १९५१ प्रथम एशियाली खेलकुद (नयांदिल्ली) का प्रथम खेलाडी स्व. श्री गजराज जोशीको आज ११औं स्मृति दिवसको विशेष अवसरमा नेपाल ओलम्पिक संग्रहालयले जोशीको अर्धकदको मूर्ति निर्माण, जीवनी पुस्तक लेखन/प्रकाशन, […]

कमल खत्री खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित

१६ फागुन, काठमाडौ । खेलकुद पत्रकार कमल खत्री खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आइतबार खेल पत्रकार खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कारसँगै खत्रीले नगद ५० हजार प्राप्त गरे । यस्तै अन्य आठ खेलकुद पत्रकार खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भए । जसमा प्रदेशतर्फ प्रदेश-१ का हिमाल […]

राष्ट्रपति रनिङ शिल्डमा कुँवरवर्ती बोर्डिङ प्रथम

१५ फागुन, बुटवल । दोस्रो तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुँवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदीपनगर प्रथम भएको छ । कुँवरवर्तीले ९ स्वर्ण, २ कास्य र ३ रजत पदकसहित प्रथम भएको हो । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा शान्ति नमूना माविले ६ स्वर्ण पदक जित्दै […]

‘गोल्डेन एथ्लेटिक्स मिट’ फागुन २९ मा हुने

१३ फागुन, काठमाडौं । यही फागुन २९ गते राजधानीमा गोल्डेन एथ्लेटिक्स मिट २०२१ आयोजना हुने भएको छ । काठमाडौं जिल्ला एथ्लेटिक्स संघ, ललितपुर जिल्ला एथ्लेटिक्स संघ र भक्तपुर जिल्ला एथ्लेटिक्स संघको संयुक्त आयोजना तथा प्रो स्पोर्ट्स प्रालिको संयोजकत्वमा एथलेटिक्स मिट हुन लागेको हो । एथ्लेटिक्स मिटमा सिनियरतर्फ महिला र पुरुषको ५ इभेन्ट समावेश हुनेछ भने जुनियर […]

राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा ज्ञानेन्द्र मल्ल नियुक्त

१३ फागुन, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल राजर्षी गुरुकुलको प्रमुख खेलकुद सल्लाहकारमा नियुक्त भएका छन् । राजर्षीले बिहीबार एक कार्यक्रमका बीच मल्लाई खेलकुद सल्लाहकार नियुक्त गरेको हो । राजर्षी गुरुकुलका चेयरम्यान राजेश चौधरी र कप्तान ज्ञानेन्द्र मल्लबीच बिहीबार एमओयू भएको हो । कार्यक्रममा राजर्षी गुरुकुलका प्रिन्सिपल लिओन श्रेष्ठ र नेपाल क्रिकेट संघ […]