११ कात्तिक, कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रबर्द्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने बताएका छन् ।
वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको विश्वास थियो ।
उनले भने, ‘कुस्ती हाम्रो इतिहास, संस्कार र शारीरिक क्षमताको प्रतीक हो । यसले युवामा अनुशासन, साहस, आत्मविश्वास र खेलभावनाको विकास गराउँछ । यस्ता खेललाई संरक्षण गर्नु भनेको हाम्रो मौलिक संस्कृति र पहिचानलाई जोगाउनु हो ।’
पूर्वमन्त्री यादवले स्थानीय तह, जनप्रतिनिधि, खेलकुद संघसंस्था र समुदायबीच सहकार्यको आवश्यकता औंल्याउँनु हुँदै भने, ‘यदि हामीले स्थानीय खेलाडीहरूलाई उचित अवसर, प्रशिक्षण र प्रोत्साहन प्रदान गर्न सक्यौँ भने नेपालले अन्तर्राष्ट्रिय स्तरमा पनि कुस्तीमा उल्लेखनीय सफलता हासिल गर्न सक्छ ।’
पूर्वमन्त्री यादवले आगामी दिनमा वीरगञ्जलाई प्रदेश तथा राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गर्न पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रतिक्रिया 4