+

मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव जर्मनी प्रस्थान

२०८२ साउन  १६ गते २०:३२ २०८२ साउन १६ गते २०:३२
मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव जर्मनी प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन अन्तर्राष्ट्रिय खुला समर क्याम्प २०२५ मा सहभागी हुन जर्मनी प्रस्थान गरेका छन् ।
  • कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले महर्जनलाई बिदाइ गरेका छन् ।
  • समर क्याम्पमा नेपाल, स्पेन, पोल्यान्ड, स्विडेन र जर्मनीका प्रशिक्षार्थीहरुको सहभागिता रहनेछ ।

१६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय खुला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन शुक्रबार जर्मनी प्रस्थान गरेका छन् । उनलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले शुक्रबारै बिदाइ गरे ।

जर्मनी क्लबका अध्यक्ष हसन हेनले उक्त क्याम्पका लागि मार्सल आर्ट अर्गनाइजेसन नेपाललाई निमन्त्रणा दिएका हुन् । समर क्याम्पमा नेपाल लगायत स्पेन, पोल्यान्ड, स्विडेन र जर्मनी प्रशिक्षार्थीहरुको सहभागिता रहने छ ।

कीर्तिपुर नगरपालिका र जर्मनीको लुबिज नगरपालिकाबीचको सहकार्यमा नेपालबाट राजीव महर्जनले एक साता संचानल हुने क्याम्पमा सहभागिता जनाउन लागेका हुन् ।

समर क्याम्पमा मार्सल आर्टको तौर तरिका मात्र नभएर सहभागी देशको संस्कृति समेत एक आपसमा आदन प्रदान हुने र यी देशबीच भाईचारा तथा मित्रता बढ्ने महर्जनले बताए ।

आयोजक क्लबका प्रशिक्षक हसन हेनले विभिन्न समयमा नेपालआई प्रशिक्षण समेत दिएका छन् । दुई देशबीचको यो मार्सल आर्टका कला कशौल प्रशिक्षण दिने कार्यले दुवै देशको मार्सल आर्ट्समा विकास हुँदै आईरहेको महर्जनले बताए ।

विगतका क्याम्पमा सहभागिता जनाउदै आएका महर्जनले जर्मनीमा नेपालको प्रतिनिधित्व गर्नुका साथै आफुसँग भएको मार्सल आर्टको ज्ञान र नेपालको संस्कृति पनि प्रस्तुत गरेका थिए ।

राजीव महर्जन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय