News Summary
Generated by OK AI. Editorially reviewed.- पिस प्वाइन्ट बोर्डिङ स्कुलले दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ।
- फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २-० ले हराएको थियो।
- प्रतियोगितामा उपत्यकाका २० स्कुलको टोली सहभागी थिए र पुरस्कार राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक अरुणा गुरुङले प्रदान गरिन्।
२७ कात्तिक, काठमाडौं । दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ ।
दी गुरुकुलुम स्कुलको आयोजनामा भएको प्रतियोगितामा पिस प्वाइन्टले फाइनलमा एलआरआईलाई हराएर उपाधि जितेको हो ।
सीतापाइलास्थित गुरुकुलम स्कुलकै प्रांङ्गणमा सम्पन्न प्रतियोगिताको फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २-० ले हरायो ।
त्यसअघि सेमिफाइनलमा पिस प्वाइन्टले न्य जेनिथ र एलआरआईले ब्लुबर्ड स्कुलाई पराजित गर्दै फाइनल पुगेको थियो ।
ब्लुबर्ड स्कुलका सुजन तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै पिस प्वाइन्टका सागर नेपाली उत्कृष्ट गोलकिपर बन्दा पिस प्वाइन्टकै आयुश लिम्बु सर्वाधिक गोलकर्ता बने ।
मनास्लु स्कुलले फेयर प्लेको अवार्ड पयो ।
दुई दिने प्रतियोगितामा उपत्यकाका २० स्कुलको टोलीको सहभागिता थियो ।
विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद अन्तर्गत फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङले पुरस्कार प्रदान गरिन् । उनले सहभागि टिम देखि विजयी टिम खेलाडीलाई बधाई दिँदै विद्यार्थीका लागि खेलकुदको महत्वबारे धारणा राखेकी थिइन् ।
प्रतियोगिताका संयोजक मनोज वैश्यले प्रतियोगिमा सहभागि टोली देखि प्रतियोगिताला२ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
गुरुकुलम स्कुलले विद्यार्थीहरुका लागि पढाई मात्र नभएर फुटसल लगायत अन्य विभिन्न खेलकुद गतिविधिमा पनि सक्रिय गराउँदै आएको छ ।
प्रतिक्रिया 4