+

पुजा महतो विरा एजुकेसन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर नियुक्त

२०८२ असार  २९ गते १४:३४ २०८२ असार २९ गते १४:३४
पुजा महतो विरा एजुकेसन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान पुजा महतो विरा एजुकेसन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन्।
  • आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा विरा कन्सलटेन्सीकी म्यानेजिङ डिरेक्टर रेश्मा महर्जन र पुजाले ब्राण्ड एम्बासडर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।
  • पुजाको नेतृत्वमा नेपाली यू-१९ महिला टिमले पहिलो पटक यू-१९ महिला विश्वकप खेलेको थियो।

२९ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान पुजा महतो विरा एजुकेसन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भिरा र पुजा महतोबीच ब्राण्ड एम्बासडर सम्बन्धी सम्झाैता भएको हो । सम्झाैता पत्रमा विरा कन्सलटेन्सीकी म्यानेजिङ डिरेक्टर रेश्मा महर्जन र पुजाले हस्ताक्षर गरिन् ।

पुजाको नेतृत्वमा नेपाली यू-१९ महिला टिमले पहिलो पटक यू-१९ महिला विश्वकप खेलेको थियो । पुजा सिनियर टिमको समेत उपकप्तान बनिसकेकी छन् ।

पुजाको राष्ट्रिय टिमको किकेट करियर अवधिभरका लागि सम्झाैता गरिएको विरा एजुकेसनले जनाएको छ ।

ब्रान्ड एमबासडर बनेपछि पुजाले यो आफ्ना लागि गर्वको क्षण भएको बताइन् । ‘यो मेरा लागि गर्वको क्षण हो । मेरो ममी ड्याडीलाई यो अवसरमा धेरै धन्यवाद दिन चाहन्छु । यो शिक्षा र क्रिकेटको बण्ड राम्रो छ’ उनले भनिन् ।

सम्झौताको रकम भने खुलाइएको छैन । ‘अमाउन्ट भन्दा वुमन इम्पावरमेन्टका लागि पुजासँगै काम गर्न खोजेको हो । यति नै अमाउन्ट भनेर डिस्क्लोज गर्न मिल्दैन । हरेक वर्ष रकम बढ्दै नै जान्छ होला’ एमडी महर्जनले भनिन् ।

पुजा महतो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय